Like us!
Follow us!
Connect us!
Watch us!

पेट्रोलियम पदार्थको मूल्य नघट्ने संकेत

अर्थ संसार

बुधबार, १८ साउन २०७९, १७ : ०८ मा प्रकाशित

पेट्रोलियम पदार्थको मूल्य नघट्ने संकेत

पेट्रोलियम पदार्थको मूल्य नघट्ने संकेत देखिएकाे छ । आयल निगमले पेट्रोलियम पदार्थको मूल्य नघटाउने संकेत दिएकाे हाे ।

भारतबाट मूल्य घटेर आएपनि नाफा नरहेको भन्दै निगम तत्काल मूल्य समायोजन नगर्ने निर्णयमा पुगेकाे हाे । निगमले इन्डियन आयल कर्पाेरेशन (आईओसी) लाई १४ अर्ब तिर्न बाँकी छ ।

आइओसीले पन्ध्र-पन्ध्र दिनमा पेट्रोलियम पदार्थको नयाँ मूल्य नेपाल आयल निगमलाई पठाउने गर्दछ । सोही मूल्यको आधारमा निगमले उपभोक्ता मूल्य तोक्नेछ । यही सोमबार आइओसीले पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको थियाे । पेट्रोल प्रतिलिटर १६ रुपैयाँ ८० पैसा र डिजलमा प्रतिलिटर १२ रुपैयाँ ४५ पैसा घटेर आएको छ ।

एक महिनाको अवधिमा इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट प्रतिलिटर पेट्रोलमा ३२ रुपैयाँ ५६ पैसा घटेर आएको छ । आईओसीबाट भाउ बढेर आउँदा स्वचालित मूल्य प्रणालीका नाममा तत्काल भाउ बढाउने नेपाल आयल निगम पछिल्लो एक महिनामा लगातार दुईपल्ट भाउ घटेर आउँदा पनि स्वचालित मूल्य प्रणालीको उच्चारण गर्न पनि चाहँदैन ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको