Like us!
Follow us!
Connect us!
Watch us!

शेयर बजारका लगानीकर्ता जो प्रतिनिधिसभाको चुनाव लड्ने तयारी गर्दैछन्, के-के छन् ऐजेन्डा ?

लोकेन्द्र ढकाल

शुक्रबार, २० साउन २०७९, ०६ : २१ मा प्रकाशित

शेयर बजारका लगानीकर्ता जो प्रतिनिधिसभाको चुनाव लड्ने तयारी गर्दैछन्, के-के छन् ऐजेन्डा ?

सरकारले आगामी मंसिर ४ गते प्रतिनिधिसभा सदस्य र प्रदेश सभाको निर्वाचन गर्ने घोषणा गरेको छ । बिहीबार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले आगामी २०७९ साल मंसिर ४ गते आइतबार एकैचरणमा प्रतिनिधिसभा सदस्य र प्रदेश सभाको निर्वाचन गर्ने घोषणा गरेको हो ।

निर्वाचन आयोगले एक महिनाअघि नै १२० दिनको निर्वाचन अवधि राखेर कार्यतालिकासहित मंसिर २ गते निर्वाचनको मिति तोक्न सिफारिस गरेको थियो । तर, सरकारले १०७ दिनको निर्वाचन अवधि राखेर मंसिर ४ गतेका लागि प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति तोकेको हो ।

यसपटकको प्रतिनिधि सभाको निर्वाचनकमा शेयर बजारका केहि अभियन्ता तथा सक्रिय लगानीकर्ताहरुले पनि प्रतिस्पर्धा गर्ने भएका छन् । शेयर बजारको नीतिगत सुधार, विकास र विस्तारको माग राखी आन्दोलन तथा ३ पटक सम्म आमरण अनसन समेत बसेका पूँजीबजारका अभियन्ता तिलक कोइराला काठमाडौं क्षेत्र नं २ या चितवन क्षेत्र नं १  बाट चुनाव लड्ने तरखरमा रहेको बताउँछन् । फाइनल निर्णयमा चाँहि आफु अझै पुगि नसकेको बताउछन् उनि । आफु चितवन क्षेत्र नं १ को स्थायी बासिन्दा भएतापनि मतदाता नामावली काठमाडौं क्षेत्र नं २ मा रहेको बताए । म एक जनाले चुनाव जितेर या हारेर खासै फरक नपरेता पनि पूँजीबजारका लगानीकर्ताले समग्र पद्वतीमा गुणात्मक परिवर्तनको मेजर भूमिका यस पटकको चुनावमा खेल्ने कोइराला बताउँछन् ।  पूँजीबजारको नीतिगत विकास र विस्तार, प्रदेश सरकारको खारेजी, देशको आर्थिक अवस्था सुधार र समृद्वि आफ्नाे चुनावका मुख्य एजेण्डा रहेको कोइरालाले बताए ।  उनले आफु अहिले कुनै राजनीतिक पार्टीमा आवद्व नभएको हुँदा स्वतन्त्र वा अन्य तरिकावाट पनि चुनावमा होमिन सक्ने बताए ।

पूँजीबजारका ठूला लगानीकर्ता दिपेन्द्र अग्रवालले भने पार्टीमा छलफल गरेर जे गर्न भन्छ सोहि बमोजिम आफु अघि बढ्ने बताए । पार्टीमा लागेको मान्छेले पार्टीको निर्णय अनुसार अघि बढ्नु पर्छ, उनले भने, ‘म स्वतन्त्र होइन, मनलाग्दी घोषणा गर्ने छुट पार्टीले दिएको हुदँैन, पार्टीले जे भन्छ त्यसरी नै म अगाडी बढ्छु’ । उनले पूँजीबजारको समग्र विकासको लागि आफु हिजो पनि लडेको र भविश्यमा पनि लडि नै रहने बताए । उनी हाल जनता समाजवादी पार्टीको केन्द्रीय सदस्य तथा सल्लाहकार समेत हुन् । २०७५ सालको संघीय चुनावमा अग्रवालको नाम जसपाबाट समानुपातिक सूचीमा थियो ।

त्यस्तै पूँजीबजारका अर्का अभियन्ता एवम् अगुवा हरि ढकाल चितवन क्षेत्र न १ बाट प्रतिनिधि सभाको चुनाव लड्ने भएका छन् । ढकालले आँफु स्वतन्त्र उमेद्वारको रुपमा चुनाव लड्ने बताए । उनले काठमाडौंका मेयर बालेन शाह विजयी घोषणा भएकै दिन चुनाव लड्ने घोषणा गरिसकेको बताए । उनले वृद्व नेताहरुले पुरा  गर्न नसकेका कामहरु, एजेण्डाहरु काँधमा राखेर पार लगाउन आफ्नो उमेद्वारी रहेको समेत बताए । २०४६ सालदेखि ०७९ सालसम्म अहिलेका पार्टीले केहि गर्न सकेनन्, युवा मैत्री कोहि पनि भएनन्, पार्टीले युवालाई अखिल, नेविसंघ, तरुण र युवासंघ मै राखेर लोभलाग्दो उमेर खेर फालेकाले युवाहरु सक्षम छन्, युवा अवस्थामै नेतृत्व लिन सक्छ भन्ने प्रमाणित गराउन आफुले उमेद्वारी दिने समेत बताए । उनले शेयर बजारसँग सम्वन्धीत आफ्नै अभियानमा स्थापित भएका  ५८ बुँदे मागहरु संसदमा उठाएर कार्यान्वयन गराउन प्रतिनिधि सभा निर्वाचनमा चुनाव लड्न लागेको बताए । चितवन क्षेत्र नं १ को नेताहरुले बोलेकाे कुरा पुरा गर्न नसकेका विकासमा अधुरा थाँति कामहरुलाई पुरा गर्न आफै मतदाता रहेको चितवन क्षेत्र नं १ बाट उमेद्वारी दिने पक्कापक्की भएकोे बताए । 

त्यसैगरि नेपाल पूँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले काठमाडौ क्षेत्र नं  ४ बाट प्रतिनिधि सभाको निर्वाचनमा उमेद्वारी दिने भएकी छिन् । पोखरेलले नेपाली काँग्रेसका महामन्त्री गगन थापा चुनाव लड्ने क्षेत्रवाट चुनाव लड्न लागिकी हुन् । अहिले साथीहरुसँग सल्लाह भइरहेकोले केहि समयपछि मात्र औपचारिक घोषणा गर्ने बताउछिन् उनि । उनले पूँजीबजारका समस्या विगत ४ वर्षदेखि उठाउँदै आएकने भएता पनि कार्यान्वयन तहमा नहुँदासम्म पुरा गराउन नसकिएको हुँदा आँफुले संसद मै हाम्रा आवाज उठाएर पुरा गराउनको लागि उमेद्वारी दिन लागेको बताइन् । म महिला पनि हुँ, महिलाको तमाम समस्याको प्रतिनिधित्व गर्न तथा कार्यान्वयनको लागि पनि आफ्नो उमेद्वारी रहने बताउँछिन् उनि । काठमाडौ क्षेत्र नं ४ मा धेरै समस्याहरु पुरा हुन नसकेको, आफु पहिल्यै देखि सोहि क्षेत्रको भुगोल तथा परिस्थितिसँग जानकार भएकाले पनि काठमाडौं क्षेत्र न ४ नै आफुले रोजेको पोखरेलले बताइन  । उनले राप्रपा, रवि लामिछानेको स्वतन्त्र पार्टी लगायत अन्य पार्टीवाट पनि  चुनाव लड्न अफरहरु आएको तर आफुले स्वतन्त्र रुपमा उमेद्वारी दिन लागेको बताइन । उनले पटक पटक ‘टेस्टेड’ नेताहरुवाट देशले विकास र समृद्वि हासिल गर्न नसकेको हुँदा युवाहरु नेतृत्वमा आउनु पर्ने अपरिहार्य आवस्यकता भएकाले आफु चुनावमा होमिन लागेको बताइन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको