वाणिज्य बैंकहरुको निक्षेप संकलन बढेकाे छ । बैंकहरूकाे कर्जा लगानी भने स्थिर रहेकाे छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेकाे तथ्यांक अनुसार बैंकहरूकाे निक्षेप संकलन बढ्दा कर्जा लगानी भने स्थिर रहेकाे हाे ।
साउन १८ गते, बुधबारसम्म बैंक तथा वित्तीय संस्थाहरूमा कुल ५० खर्ब ४५ अर्ब रुपैयाँ निक्षेप रहेको छ । साउन १७ गते, मंगलबारसम्म बैंकहरूकाे निक्षेप ५० खर्ब ४३ अर्ब रूपैयाँ रहेकाे थियाे । एकैदिनमा बैंक तथा वित्तीय संस्थाहरूकाे निक्षेप २ अर्बले बढेकाे हाे । यसै अवधिमा बैंकहरूकाे निक्षेप पनि २ अर्बले नै बढेर ४४ खर्ब ४३ अर्ब पुगेकाे छ ।
त्यसैगरी, वाणिज्य बैंकहरुको कर्जा लगानी भने ४१ खर्ब ५७ अर्ब रुपैयाँमा स्थिर रहेकाे छ ।
बैंकहरूकाे निक्षेप बढ्दा सीडी रेसियो घटेकाे छ । साउन १७ गते, मंगलबार औसतमा ८७.८३ प्रतिशत रहेको सीडी रेसियो साउन १८ गते, बुधबारसम्ममा बढेर ८७.६० प्रतिशत छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस