Like us!
Follow us!
Connect us!
Watch us!

पाँचाै काराेबार दिनमा सेयर बजारमा हरियाली : दाेहाेराे अंकले बढ्याे नेप्से परिसूचक

नेप्से

आइतबार, २२ साउन २०७९, १५ : १० मा प्रकाशित

पाँचाै काराेबार दिनमा सेयर बजारमा हरियाली : दाेहाेराे अंकले बढ्याे नेप्से परिसूचक

साताकाे पहिलाे काराेबार दिन आज (आइतबार) सेयर बजार दाेहाेराे अंकले बढेकाे छ । यसअघि अघिल्लाे साेमबार बढेपछि बजार लगातार घटेकाे थियाे ।  

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (आइतबार) सेयर कारोबार मापक नेप्से परिसूचक १०.२७ अंकले बढेर २१२३.८२ विन्दुमा पुगेकाे छ । नेप्से ०.४९ प्रतिशतले बढेकाे हो । यता सेन्सेटिभ परिसूचक पनि ३.११ अंकले बढेर ४०९.५६ विन्दुमा पुगेकाे छ । 

कूल २१९ वटा कम्पनीकाे ६१ लाख ६ हजार ५ सय २१ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ६७ करोड ३३ लाख ३८ हजार २ सय ३२ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज लाइफ इन्स्याेरेन्स बाहेक बाँकी सबै उपसमूहकाे सेयर बढेकाे छ । सबैभन्दा धेरै हाेटल तथा पर्यटन समूह बढेकाे छ ।

आइतबार पनि शिवम् सिमेन्ट कम्पनी लिमिटेडकाे नै सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे १३ कराेड ८९ लाख ८२ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।

आज मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । संस्थाकाे सेयरमूल्य १० प्रतिशतले बढेर एक हजार ९० रूपैयाँ १० पैसा पुगेकाे छ ।

यस दिन नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ । संस्थाकाे सेयरमूल्य ३.४८ प्रतिशतले घटेर ९ सय १५ रूपैयाँमा झरेकाे छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको