Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा नागरिक लगानी कोषको सेयरमूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?

नेप्से

मंगलबार, २४ साउन २०७९, १६ : ५९ मा प्रकाशित

नेप्सेमा नागरिक लगानी कोषको सेयरमूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नागरिक लगानी कोषको सेयरमूल्य समायोजन भएको छ ।

स्टकका अनुसार काेषकाे ३० प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता २ हजार २ सय १४ रूपैयाँ ६२ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ । नेप्सेले मंगलबारको अन्तिम कारोबार मूल्य २ हजार ८ सय ७९ रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

कोषको श्रावण १२ गते, बिहीबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको २७ औँ वार्षिक साधारण सभा भदौ ६ गते कम्पनीको केन्द्रिय कार्यलय बानेश्वर काठमांडौमा हुनेछ । 

सभामा कोषको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीका सेयरधनीहरूलाई आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट ३० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.५७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । 

62f2425030062.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको