नेपाल पेट्राेलियम ढुवानी व्यवसायी महासंघले ३ बुँदे मागसहित आन्दोलन घोषणा गरेकाे छ । महासंघले यसअघिदेखि नै ढुवानी भाडा वृद्धिको माग राखेर आन्दोलन गर्दै आइरहेको थियाे ।
गत १५ साउनमा निगमले लिखित पत्र पठाएर भाडा वृद्धि गर्ने जानकारी गराए पनि सो पालना नभएको भन्दै फेरि आन्दोलनकाे घोषणा गरिएकाे हाे ।
१. निगमसँग पटक पटक सहमती भएको र अन्तिम पटक ०७९/०४/१५ गते निगमद्धारा पुन पत्र माफत ढुवानी कर्ताको माग अनुसारको भाडा वृद्धि गरिदिने सहमती गरेकोमा हालसम्म पनी भाडा वृद्धि नगरिएकोले यहि भाद्र १ गतेसम्म पनि भाडा वृद्धि नगरिएमा भाद्र २ गतेदेखि यथास्थीमा पेट्रोलियम ढुवानी गर्न नसकिने PDO नलिने र अन्य आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गर्ने निर्णय गरिएको जानकारी गराउँदै आन्दोलनका कार्यक्रमहरुबाट पर्न जाने असर प्रति निगम जिम्मेवार हुने हुँदा तत्काल सहमती अनुसारको ढुवानी भाडा वृद्धि गरियोस् ।
२. हालको ढुवानी भाडाबाट टैंकर सञ्चालन गर्न नसकिने भएकोले सम्पर्ण खर्च निगमले गरी संचालन गर्न चाहेमा महासंघ मार्फत निगमलाई टैंकर समेत उपलब्ध गराईने जानकारी गराईन्छ।
३. निजी टैंकर फर्मको नाममा राखी सम्बन्धीत फर्मको मात्र ढवानी गर्न पाउने ब्यवस्था तत्काल लागु गरियोस्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस