Like us!
Follow us!
Connect us!
Watch us!

बिद्युत बिक्रि आम्दानी ६२ प्रतिशतले बढ्दा पनि छ्याङदी हाइड्रोपावर घाटामा, अन्य अवस्था कस्तो ?

अर्थ संसार

शुक्रबार, २७ साउन २०७९, ०९ : ४८ मा प्रकाशित

बिद्युत बिक्रि आम्दानी ६२ प्रतिशतले बढ्दा पनि छ्याङदी हाइड्रोपावर घाटामा, अन्य अवस्था कस्तो ?

छ्याङदी हाइड्रोपावर कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त विवरण अनुसार चौथो त्रैमाससम्म आइपुग्दा कम्पनी २ करोड ४५ लाख ९५ हजार रुपैयाँ नोक्सानीमा रहेको छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनी १ करोड २ लाख ८८ हजार रुपैयाँ नाफा कमाएको थियो ।

समिक्षा अवधिसम्म आइपुग्दा कम्पनीले ७ करोड ८१ लाख रुपैयाँ बिजुली बेचेर कमाएको छ यस्तो मुनाफा अघिल्लो आर्थिक बर्षको तुलनामा ६२.४४ प्रतिशतले बढि हो । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीले ४ करोड ८० लाख ७९ हजार रूपैयाँको बिजुली बेचेको थियो ।

त्यस्तै, कम्पनीको चुक्ता पूँजी ३८ करोड ६९ लाख ७७ हजार रुपैयाँ रहेको छ । कम्पनीको रिजर्भकोे आकार २ करोड ५४ लाख रुपैयाँ ऋणात्मक रहेको छ । चौथो त्रैमासम्ममा कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ८.७७ रुपैयाँ ऋणात्मक रहेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ ९८ रुपैयाँ ३२ पैसा पुगेको छ । 

कम्पनीले प्रकाशन गरेको वित्तिय विवरणः

62f5d14f00915.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको