Like us!
Follow us!
Connect us!
Watch us!

१८ प्रतिशतले बढ्यो नेपाल टेलिकमको नाफा, अन्य वित्तिय अवस्था कस्तो ?

अर्थ संसार

सोमबार, ३० साउन २०७९, ०६ : ५५ मा प्रकाशित

१८ प्रतिशतले बढ्यो नेपाल टेलिकमको नाफा, अन्य वित्तिय अवस्था कस्तो ?

नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार कम्पनीको नाफामा बृद्धि आएको छ ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा कम्पनीको खुद मुनाफा नाफा १७.५४ प्रतिशतले बढेर ८ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको नाफा ७ अर्ब १२ करोड ९४ लाख रुपैयाँमा सिमित थियो। 

सो अवधिमा कम्पनीको कुल आम्दानी ५ प्रतिशतले बढेर ४४ अर्ब ३२ करोड १३ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षमा कम्पनीको कुल आम्दानी ४२ अर्ब २० करोड ९९ लाख रुपैयाँ थियो । 

हाल चुक्ता पूँजी १८ अर्ब रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ७७ अर्ब ६ करोड ३२ लाख रुपैयाँ रहेको छ । कम्पनीको जगेडा कोषमा संचित रकम पनि बढेको छ । 

कम्पनीको प्रतिसेयर आम्दानी ४६ रुपैयाँ ५६ पैसा रहेको छ । सो अवधिसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ ५२८ रुपैयाँ १३ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १८.१८ गुणा रहेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको