Like us!
Follow us!
Connect us!
Watch us!

अनुत्पादक क्षेत्रहरुमा लगानी नगर्न महानगरको निर्देशन, सदस्य र सहकारीलाई दियो यस्तो निर्देशन

अर्थ संसार

सोमबार, ३० साउन २०७९, ०७ : १० मा प्रकाशित

अनुत्पादक क्षेत्रहरुमा लगानी नगर्न महानगरको निर्देशन, सदस्य र सहकारीलाई दियो यस्तो निर्देशन

काठमांडौ महानगरपालिकाले सहकारी संस्थाहरु बैंक नभई सदस्यहरुको प्रजातान्त्रीक नियन्त्रण हुने संस्था भएकाले यीनमा सदस्यहरुको निरन्तर निगरानी आवश्यक हुने बताएको छ । 

महानगरले आज एक सूचना प्रकाशन गर्दै कोभिड १९ को महामारी तथा ठूला राष्ट्रहरुबीच भएको युद्धका कारण विश्वमा आएको आर्थिक मन्दीबाट बस्तु र सेवाहरुको मूल्यबृद्धि र मुद्रास्फितिले वित्तिय क्षेत्रहरुमा तरलताको अभाव सृजना भएको कारण सहकारी क्षेत्रमा समेत गम्भिर असर परेको जानकारी महानगरमा दिनहुँ पर्न आएका लिखित र मौखिक उजुरीको चापबाट महसुस भएको महानगरले जनएको छ । 

यस्तो संवेदनशील समयमा सहकारी संघसंस्थाहरुले आफ्नो काम कारवाहीलाई जिम्मेवार, ईमान्दार, अनुशासित, पारदर्शी एवं विधिसम्मत तरिकाले सदस्य केन्द्रीत भई सञ्चालन एवं व्यवस्थापन गर्दै सहकारी सुशासन कायम गर्न महानगरले सम्पुर्णमा निर्देशनका साथ अनुरोध गरेको छ ।

महानगरले जारी गरेको सूचनाः

62f9a0ae3774c.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको