Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल हाइड्रो डेभलपरको नाफामा १२२ प्रतिशतको उछाल, अन्य अवस्था कस्तो ?

अर्थ संसार

सोमबार, ३० साउन २०७९, ०८ : ११ मा प्रकाशित

नेपाल हाइड्रो डेभलपरको नाफामा १२२ प्रतिशतको उछाल, अन्य अवस्था कस्तो ?

नेपाल हाइड्रो डेभलपर लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । बिद्युत बिक्रि आम्दानी बढेसंगै कम्पनीको नाफामा बृद्धि भएको छ । 

उक्त विवरण अनुसार चौथो त्रैमाससम्म आइपुग्दा कम्पनी ३ करोड ३० लाख २७ हजार रुपैयाँ नाफा कमाएको छ जुन अघिल्लो आर्थिक बर्षको तुलनामा १२२ प्रतिशत बढि हो । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले १ करोड ४८ लाख ७७ हजार रुपैयाँ नाफा कमाएको थियो ।

समिक्षा अवधिसम्म आइपुग्दा कम्पनीले ९ करोड ५० लाख ३० हजार रुपैयाँ बिजुली बेचेर कमाएको छ यस्तो मुनाफा अघिल्लो आर्थिक बर्षको तुलनामा ३१.४४ प्रतिशतले बढि हो । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीले ७ करोड २२ लाख ९६ हजार रूपैयाँको बिजुली बेचेको थियो ।

त्यस्तै, कम्पनीको चुक्ता पूँजी ३१ करोड ९९ लाख ३० हजार रुपैयाँ रहेको छ । कम्पनीको रिजर्भको आकार २ करोड २१ लाख ५४ हजार रुपैयाँ रहेको छ । चौथो त्रैमासम्ममा कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी १०.३२ रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १०६ रुपैयाँ ९२ पैसा पुगेको छ ।

कम्पनीले प्रकाशन गरेको वित्तिय विवरणः

62f9af41a673a.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको