Like us!
Follow us!
Connect us!
Watch us!

माछापुच्छ्रे बैंकले ल्यायो MBL M- Smart मा नयाँ सुविधा, अब मोवाईल बैंकिङ्ग सुविधा मार्फत सजिलै कर्जा लिन सकिने

अर्थ संसार

बुधबार, ०१ भदौ २०७९, १२ : ४३ मा प्रकाशित

माछापुच्छ्रे बैंकले ल्यायो MBL M- Smart मा नयाँ सुविधा, अब मोवाईल बैंकिङ्ग सुविधा मार्फत सजिलै कर्जा लिन सकिने

बैंकिङ्ग क्षेत्रमा नयाँ नयाँ स्मार्ट सुविधाहरु सहित विभिन्न ट्रेण्ड सेट गर्दै आएकोमा माछापुच्छ्रे   र्बैंकले  अत्याधुनिक प्रविधिमा आधारित mobile banking App, MBLM-Smart मा SMART LOAN AGAINST FIXED Deposit सुविधाको सुरुवात गरेको छ ।

उक्त सुविधा अन्र्तगत ग्राहकले घरमै बसेर माछापुच्छ्रे  बैंकमा रहेको आफ्नो मुद्दती निक्षेपबाट चाहेको बखतमा LOAN AGAINST FIXED Deposit सुविधा प्रयोग गरि मोवाईल बैंकिङ्ग सुविधा मार्फत सजिलै कर्जा लिन सक्नेछन् । 

बिज्ञान र प्रविधिले हरेक सेवा र सुविधा सहज बनाई रहेको अहिलेको परिवेशमा कर्जा लिनको लागि बैंकसम्म पुगिविभिन्न कागजात पेश गर्ने झन्झटबाट ग्राहकलाई मुक्तिदिने उद्देश्यले बैंकले उक्त सुविधा संचालनमा ल्याएको हो । 

माछापुच्छ्रे बैंकले ग्राहकलाई खाता खोल्नका लागि बैंकसम्म आउनु नै नपर्ने गरि अनलाईन तथा मोवाइल बैंकिङ्गएप मार्फत खाता खोल्ने, आफ्नो बचत खातामा रहेको रकमलाई मुद्दती खातामा रुपान्तरण गर्ने र सोही मुद्दती खातामाप्राप्त गर्ने सुविधा LOAN AGAINST FD सहज र सरल तरिकाबाट आफुले चाहेको समयमालिन सक्नेछन् । 

यस MBL M–Smart app मा आफैले पासवर्ड रिसेट गर्न मिल्ने, नयाँ ग्राहकले Self-Registration गर्न सकिने, मोवाईल फोनबाटै खाता खोल्न सकिने, मोवाईल फोनबाट नै कर्जालिन सकिने, आफ्नो क्रेडिट कार्डको स्टेटमेन्ट मोवाईलमा नै हेर्न सकिने, नेपाल क्युआर scan गरी QR भुक्तानी गर्न मिल्ने , विभिन्न मोवाईल वालेटहरुमा खातालिंकगर्न सकिने, बत्तिपानीको बिल, रकम ट्रान्सफर, सरकारी कारोबारको भुक्तानी लगायतका सुविधाहरु रहेको छन् ।

बैंकले MBL M–Smart लाई भर्चुअल शाखाको रुपमा स्थापितगर्दे ग्राहकहरुलाई प्रत्यक्ष रुपमा बैंकमाआउने झन्झट नरहोस् भन्नेलक्ष्यका साथ उक्त एप मार्फत नवीतम सुविधाहरु थप्दै ल्याईरहेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको