Like us!
Follow us!
Connect us!
Watch us!

सांग्रिला विकास बैंकको सिईओमा पुनः सुयोग श्रेष्ठ नियुक्त

अर्थ संसार

सोमबार, ०६ भदौ २०७९, १० : ५१ मा प्रकाशित

सांग्रिला विकास बैंकको सिईओमा पुनः सुयोग श्रेष्ठ नियुक्त

सांग्रिला विकास बैंकको प्रमुख कार्यकारी अधिकृत(सिईओ) मा पूनः सुयोग श्रेष्ठ नियुक्त भएका छन् । 

बैंकको भदौ ५ गते बसेको सञ्चालक समितीको बैठकले श्रेष्ठलाई पुनः सिईओमा नियुक्ति गर्ने निर्णय गरेको हो । श्रेष्ठ हाल पनि बैंकको सिईओकै रुपमा कार्यरत छन् ।

श्रेष्ठलाई आगामी भदौ १९ गते लागु हुने गरि दोस्रो कार्यकाल ४ बर्षका लागि सिईओ नियुक्त गरिएको बैंकले जनाएको छ । 

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर ११२ शाखा कार्यालयहरु, ३१ एटिएम, साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको बैंकले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको