Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु बैंकद्वारा नयाँ कर्जा सेवा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

अर्थ संसार

बुधबार, ०८ भदौ २०७९, १२ : ५७ मा प्रकाशित

प्रभु बैंकद्वारा नयाँ कर्जा सेवा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

प्रभु बैंक लिमिटेडले भदौ ६ गते, होटेल भ्याली भ्यु, वीरेन्द्रनगर, सुर्खेतमा ASDP को लाभग्राहीका लागि विकसित नयाँ कर्जा सेवा ( New Loan Product) सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेकाे छ ।

कृषि क्षेत्र विकास कार्यक्रम (ASDP) कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोष (IFAD) को आर्थिक सहयोगमा नेपाल सरकारको संघीय कृषि तथा पशुपन्छी विकास मन्त्रालयद्धारा सञ्चालित कार्यक्रम हो । कर्णाली प्रदेशका पहाडी तथा उच्च पहाडी क्षेत्रमा बसोबास गरेका जनताहरुको गरिवी तथा पोषण असुरक्षा न्यूनिकरण गरी नेपालको दिगो विकास लक्ष्य (लक्ष्य १ - गरिबी विहीन र लक्ष्य २ - शून्य भोकमरी) प्राप्तिमा योगदान पुर्याउनु यस कार्यक्रमको लक्ष्य रहेको छ ।

भुमि व्यवस्थापन, कृषि तथा सहकारी मन्त्रालय, कर्णालीका सचिव डा. लेखराज दाहाल प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा प्रभु बैंक लिमिटेडका CBCO सुनिल राना लगायत कर्णाली प्रदेश अन्तर्गतका शाखा प्रमुखहरुको उपस्थिति रहेको थियो । ASDP का संयोजक विनोद कुमार भट्टराईले ASDP को परीचयसहित यस कार्यक्रमको कार्यक्षेत्र तथा काम गर्ने तरीकाको बारेमा जानकारी गराए ।

प्रभु बैंक लिमिटेडका Head- Microfinance Department चन्द्र बहादुर खत्रीले ASDP को लाभग्राहीका लागि सहज र सरल तरीकाबाट कर्जा उपलब्ध गराउनका लागि छुट्टै Loan Product बनाई कार्यान्वयन गरीने जानकारी गराउँदै कर्णाली प्रदेश तथा सो अन्तर्गतका शाखा प्रमुखहरुलाई यस कार्यक्रम अन्तर्गतका लाभग्राहीहरुलाई सहज रुपमा कर्जा प्रवाह गराई वित्तिय साक्षरता समेत उपलब्ध गराउन आग्रह गरेका छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको