Like us!
Follow us!
Connect us!
Watch us!

बालेन अघि अघि, डोजर पछि पछि

अर्थ संसार

बुधबार, ०८ भदौ २०७९, १७ : १२ मा प्रकाशित

बालेन अघि अघि, डोजर पछि पछि

काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साह (बालेन) आफैं महानगरभित्र बनेका अनधिकृत संरचना भत्काउन खटिएका छन् । गत सोमबार नयाँ बानेश्वर क्षेत्रमा बनाइएको अनधिकृत संरचना भत्काएको महानगरले बुधबार सुन्धरा र न्युरोड क्षेत्रका अनधिकृत संरचना भत्काएको छ । 

नयाँ बानेश्वर क्षेत्रमा पार्किङका लागि नक्सा पास गरेर व्यवसाय सञ्चालन गरेको पाइएपछि मेयर बालेन नेतृत्वको महानगर टोलीले पसल हटाएर अनधिकृत संरचना भत्काएको हो । यसरी भत्काउनुअघि महानगरले नक्सा पास भए नभएको एकीन गर्दै नभएको खण्डमा ३५ दिन समय दिएको छ ।

नक्सा पास नगरी बनाइएका तथा नक्सा पासविपरीत बनाइएका संरचना भत्काउन मेयर बालेन आफैं उपस्थित भएका छन् । संरचना भत्काउन जाँदा हेर्दाको दृश्यले बालेन अघि अघि र डोजर पछि पछि देखिन्छ । 

नयाँ बानेश्वर क्षेत्रमा पार्किङका लागि बनाइएको स्थानमा राखिएका पसल हटाएको तेस्रो दिनमै बुधबार महानगरले सुन्धरा, न्युरोड, दरबारमार्ग र बबरहमल क्षेत्रमा अनधिकृत रुपमा बनाइएका संरचना भत्काउन र सम्बन्धित पक्षको जवाफ मागेका छन् । 

बुधबार नै  मेयर बालेनको उपस्थितिमा महानगरको टोलीले सुन्धरास्थित काठमाडौं मलको अनधिकृत रुपमा बनाइएको संरचनाम डोजर लगाएर भत्काएको छ । साथै न्युरोडस्थित आर बी कम्प्लेक्सले बनाएका अनधिकृत संरचना पनि डोजर लगाएर भत्काएको छ । नबिल बैंक न्युरोड शाखाले बनाइएको अनधिकृत संरचना पनि महानगरले भत्काउने भएको छ । 

यसैगरी महानगरले बबरहमलमा रहेको जिल्ला अदालत काठमाडौंलाई नक्सा पास भएको विवरण पठाउन पत्राचार गरेको छ । अदालतको अन्डरग्राउन्डबारे महानगरको चासो बढेको हो । 

बुधबार नै मेयर बालेन दरवारमार्ग पनि पुगेका छन् । दरवारमार्ग क्षेत्रमा सडकमै जथाभावी पार्किङ गरिएपछि मेयर बालेन सो क्षेत्रमा पुगेका हुन् । मेयर बालेन बुधबार नै कोटेश्वर क्षेत्रको फुटपाथ र पार्किङको अनुगमनमा जाने तयारी गरेका छन् । 

नक्सा पासविपरीत तथा अनधिकृत रुपमा बनाइएको संरचना हटाउन मेयर बालेन महानगरको टोली र प्रहरीसहित पुग्ने गरेका छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको