Like us!
Follow us!
Connect us!
Watch us!

बैंक अफ काठमाण्डूकाे ऋणपत्र बाँडफाँड

अर्थ संसार

बुधबार, १५ भदौ २०७९, १३ : ५१ मा प्रकाशित

बैंक अफ काठमाण्डूकाे ऋणपत्र बाँडफाँड

बैंक अफ काठमाण्डू लिमिटेडले भदाै २ गते, बिहीबारबाट भदाै ७ गते, मंगलबारसम्म निष्कासन तथा बिक्री खुल्ला गरेकाे ऋणपत्र बाँडफाँड गरिएकाे छ ।

बैंकले उक्त अवधिभर रितपूर्वक आवेदन दिने सम्पूर्ण आवेदकहरूलाई हिजाे (भदाै १४ गते, मंगलबार) ऋणपत्र बाँडफाँड गरेकाे हाे ।

बैंकले ७ वर्ष अवधि भएकाे वार्षिक १०.५० प्रतिशत व्याज भएकाे "बीओके डिबेञ्चर, २०८६ (क)" नाममा ऋणपत्र निष्कासन गरेकाे थियाे । बैंकले प्रतिकित्ता १००० रूपैयाँ अंकित दरमा १ अर्ब १० करोड रूपैयाँ बराबरको ११ लाख कित्ता ऋणपत्र निष्कासन गरेकाे थियाे । जसमध्ये बैंकले सर्वसाधारणका लागि ४ लाख ४० हजार कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई  ६ लाख ६० हजार कित्ता बिक्री गर्नेछ । सर्वसाधारणका लागि छुट्याइएकाेमध्ये ५ प्रतिशत अर्थात् २२ हजार कित्ता सामूहिक लगानी काेषका लागि छुट्याइएकाे थियाे । 

बैंककाे उक्त ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआईबिएल एस क्यापिटल लिमिटेडले गरेकाे थियाे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको