अब पुराना दल र तिनका नेता भन्दा खराब तथा घाँडो भकै हो त घन्टिको लागी लौरो ? हामिले कहिले पनि घन्टि र घन्टिको नेतृत्वको बिरोध गरेका छैनौ किनकी नंया तथा बैकल्पिक सक्तिहरु एकअर्कोमा भिड्नु हुन्न आरोप प्रत्यारोपमा उत्रीनु हुन्न भन्नेमा हामी सचेत छौ र यो हाम्रो संस्कार पनि हैन । यस्पल्ट हामी सबै स्वतन्त्र र बैकल्पिक शक्ति मिलेर पुराना बा हरुलाई ससम्मान बिश्थापित गर्नुछ भने देशमा ब्याप्त भ्रस्टचार, अराजकता, नाताबाद, कुशासन र फोहोरी राजनितिलाइ पन्छाउनु छ ।
हामी प्रस्ट छौ पटक पटक मौका पाएर असफल भएका नेतृत्व बाहेक अरु उर्जावान, इमान्दार, रास्ट्रप्रेमि स्वतन्त्र तथा बैकल्पिक शक्ति र नया घन्टि जस्ता दलहरु समेत एक भएर सहकार्य गरेर अघि बढ्नुको बिकल्प छैन । हामी स्वतन्त्र, सक्षम र इमान्दार साथीहरुलाइ मात्र समेट्ने गरि भर्खर जन्मिदै गरेको र बामे सर्न तर्खर गर्दै गरेको सक्तिलाइ अर्को नया दलकै केही परिचालित ब्याक्ती र कार्यकर्ताहरु बाट निरन्तर आक्रमण हुनु दुखद कुरा हो ।
अहिले पनि निरन्तर घनिभुत रुपमा सबै स्वतन्त्र र नया बैकल्पिक सक्तिहरु एकठाउमा आउनै पर्छ भनेर हामी लौरो अभियानको टिम इमान्दारिता पुर्वक लागिरहेको अवस्थामा हुँदै नभएको गलत आरोप सहित हामिलाइ घेराबन्दी गर्न खोज्नुले कतै पुरानै सक्तिको निरन्तरतामा रमाउन खोजेको हो कि भन्ने सन्का जन्माएकोछ ।
लौरोमा कुनै दलका सदस्यले भाग लिन बन्देज लगाएको र पुर्णरुपमा स्वतन्त्र र सक्षमले मात्र उमेद्दवार हुन पाउने कुराको पुन जानकारी गराउन चाहन्छौ । बिध्यमान कानुन र निर्वाचन प्रणालिलाई बुझेर साझा चिन्ह, साझा उम्मेद्वार, साझा घोषणा पत्र र सहकार्यको लागि कागजिरुपमा दल स्थापना गर्नु हामी स्वतन्त्रहरुको बाध्यता हो । यस्को कुनै अरु दल जस्तो कार्यकर्ता र तल्लो कमिटी छैनन । जनता र स्वतन्त्र उम्मेद्वार नै लौरोका शक्ति हुन । भविस्यमा नया सक्तिको रुपमा प्रतिनिधि सभा तथा प्रदेश सभामा बिजय भएर आएका स्वतन्त्रहरुले नै स्वतन्त्र र बैकल्पिक धारको दल निर्माण गर्ने बाटो समेत लौरोले खुल्ला गरिदिएकोछ ।
आरोप लगाउने र अर्काको नराम्रो भन्नू भन्दा पनि बिचार र मुद्दा मिल्नेहरु सहकार्यको टड्कारो आवस्यक देखिन्छ । पुरानो राजनैतिक दल जस्तो एक अर्कालाइ भक्कु खेदो र गाली गर्ने संस्कार हामी नया स्वतन्त्र युवा तथा बैकल्पिक शक्ति र नंया दलमा आस्था राख्नेहरुले त गर्नै हुदैन ।
देश र जनताको चाहना अनुकुल देशको बिकास निर्माण सगै हामिले फोहोरी राजनितीलाई पनि सफा गर्नुछ त्यसैले अरु दलकै शैली घन्टी लगाएतका नंया दलले अपनाउनु हुन्न । आदर्णिय Rabi Lamichhane दाइ र उहाको अन्य राम्रो उम्मेदवारको जितको लागी हामी पनि सकेको सहयोग गर्न चाहन्छौ गर्नेनै छौ । बाहिर बाट बिरोध गरेर भन्दा भित्र छलफल गरेर सहकार्य र एकताको पहल गरौ त्यस्का लागि हर्दम हामी खुल्ला छौ ।
सबैको दिन शुभरहोस । जय लौरो । जय मातृभुमी ।
लेखक ई. रोहन कार्की लौरो अभियानका प्रवक्ता तथा काठमांडाै क्षेत्र न.२ बाट प्रतिनिधीसभा सदस्य उमेद्वार समेत हुन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस