Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्र बैङ्कले दुई अर्ब लगानी गर्ने

अर्थ संसार

मंगलबार, २१ भदौ २०७९, ०६ : ५३ मा प्रकाशित

राष्ट्र बैङ्कले दुई अर्ब लगानी गर्ने

नेपाल राष्ट्र बैङ्कले उपदान तथा पेन्सन कोषमा  रहेको  दुई  अर्ब  रुपियाँ  मुद्दती  निक्षेपमा  लगानी गर्ने भएको छ । केन्द्रीय बैङ्कले एक सूचनामार्फत "क’', "ख" र "ग" वर्गका बैङ्क तथा वित्तीय संस्थालाई आफूले लिन चाहेको रकम र ब्याजदर प्रस्ताव गर्न आग्रह गरेको हो ।

केन्द्रीय बैङ्कले सो रकम एक वर्षका लागि मुद्दती निक्षेपमा राख्न चाहेको हो । राष्ट्र बैङ्कले "क’ वर्गका वाणिज्य बैङ्कमा एक अर्ब ६० करोड, 'ख’ वर्गका बैङ्कमा ३० करोड र' ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा १० करोड रुपियाँ मुद्दती निक्षेपमा राख्न खोजेको हो ।बैङ्कले  यही  भदौ  २२  गते  राति  १२  बजेसम्म आवेदन दिन आग्रह गरेको छ ।

बैङ्क तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई  वर्ष  हुनुपर्ने,  बैङ्कको  तोकिएको  न्यूनतम  पुँजीकोष अनुपात कायम भएको, निष्क्रिय कुल कर्जा सापटीको पाँच प्रतिशतभन्दा कम रहेको, खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सोभन्दा बढी रहेको हुनुपर्नेलगायतका सर्त  राखिएको  छ  ।  केन्द्रीय  बैङ्कको  वित्त  व्यवस्थापन  विभाग  अवकाश  कोष  एकाइले  तोकिएको सर्त पूरा गरेर आवेदन दिन बैङ्क तथा वित्तीय संस्थालाई आग्रह गरेको छ ।  

यो समाचार आज गोरखापत्रले लेखेको छ। 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको