Like us!
Follow us!
Connect us!
Watch us!

नयाँ स्टक एक्सचेन्जमा कमिसनकाे खेल, लाइसेन्स प्रकृया राेक्न संसदमा उठ्याे आवाज

अर्थ संसार

मंगलबार, २१ भदौ २०७९, १६ : ०५ मा प्रकाशित

नयाँ स्टक एक्सचेन्जमा कमिसनकाे खेल, लाइसेन्स प्रकृया राेक्न संसदमा उठ्याे आवाज

नयाँ स्टक एक्सचेन्जकाे लाइसेन्स प्रकृया राेक्न संसदमा आवाज उठेकाे छ । कमिसनमा नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिन लागिएको भन्दै संसदमा विरोध भएकाे हाे ।

मंगलबारकाे प्रतिनिधि सभा बैठकको शुन्य समयमा नेकपा एमालेका सांसद कृष्ण प्रसाद दाहालले यस विषयमा आवाज उठाउँदै सरकारसँग जवाफ मागेका छन् ।

कमिसनको खेलमा लागेर नयाँ स्टक एक्सचेन्ज ल्याउने हो भने पूँजी बजारको विकास र उन्नतिमा बाधा पर्ने उनकाे तर्क थियाे । उनले अहिले नेपालमा नयाँ स्टक एक्सचेन्जको आवश्यकता नरहेकाे भन्दै लाइसेन्स प्रकृया राेक्न समेत माग गरेका छन् । 

संसदमा बाेल्दै उनले भने, "कमिसनको खेलमा लागेर नयाँ स्टक ल्याउने हो भने पूँजी बजारको विकास र उन्नतिमा बाधा पर्छ । भएको स्टक एक्सचेञ्जलाई सुदृढ गरियोस । आधुनिकीकरण गरियोस् । नयाँ स्टकको आवश्यक छैन । यदि त्यसो गर्न लागेको हो भने रोकियोस भन्ने आग्रह गर्न चाहन्छु ।"

यसअघि नियामक निकाय नेपाल धिताेपत्र बाेर्ड (सेबाेन) ले नेपालमा नयाँ स्टक एक्सचेञ्ज खाेल्ने तयारी गर्दै नयाँ स्टक एक्सचेञ्जलाई लाईसेन्स दिन आफ्नो नियमावली संशोधन गरेको छ । संशोधन गरिएकाे नियमावली अर्थमन्त्रालयमा पनि पठाइ सकिएको छ ।

धिताेपत्र बाेर्डकाे गत बुधबार सम्पन्न भएकाे सञ्चालक समितिको बैठकले धितोपत्र बजार सञ्चालन नियमावली, २०६४ लाई संशोधन गरेर अर्थ मन्त्रालय पठाएको हो । जस अनुसार नयाँ खुल्ने स्टक एक्सचेञ्जकाे पूँजी ३ अर्ब हुनेपर्नेछ । त्यस्तै, साे नियमावली अनुसार निजी क्षेत्रले पनि नयाँ स्टक एक्सचेञ्ज खाेल्न पाउनेछन् ।

निजी क्षेत्रले पनि नयाँ स्टक एक्सचेञ्ज खाेल्न पाउने भनेपछि यसकाे विराेध भइरहेकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको