Like us!
Follow us!
Connect us!
Watch us!

सहुलियतपूर्ण ऋण उपलब्ध गराउन एसियाली बिकास बैंकलाई अर्थमन्त्रीको आग्रह

अर्थ संसार

शुक्रबार, २४ भदौ २०७९, ११ : ३२ मा प्रकाशित

सहुलियतपूर्ण ऋण उपलब्ध गराउन एसियाली बिकास बैंकलाई अर्थमन्त्रीको आग्रह

अर्थ मन्त्रि जनार्दन शर्माले एसियाली बिकास बैंकलाइ  नेपालको निजि क्षेत्रलाइ प्रोत्सायित गर्न र सहुलियतपूर्ण ऋण उपलब्ध गराउन छलफल गरेका छन् ।   एसियाली बिकास बैंकका उपाध्यक्ष अशोक लाभाषासंग कुराकानी गर्दै मन्त्रि शर्माले प्रदेशगत सन्तुलन गरेर सहयोग बढाउदा नेपालको ग्रामीण अर्थतन्त्रको बिकास हुने बताए । उनले भने ‘निजि क्षेत्र नेपालको आर्थिक उन्नतिको इन्जिन भएकाले सरकारले उक्त क्षेत्रको बिकासलाइ उच्च प्राथमिकतामा राखेको छ ।’  

उनले नेपाल २०२६ सम्ममा अतिकम बिकसित देशबाट स्तरोन्नति हुदै गरेको हुनाले उक्त लक्ष हासिल गर्न निजि क्षेत्रको योगदान महत्वोपूर्ण हुने पनि बताए ।  उनले नेपालले जलवायु परिबर्तनमा कुनै योगदान नगरेपनि त्यसको मार भने खेपिरहेको बताउदै नेपालमा हरित अमोनिया , हाइड्रोजन जस्ता बैकल्पित उर्जा उद्योगमा सहयोग गर्न अनुरोध पनि गरे ।  

उनले नेपालको ग्रामिण अर्थतन्त्रलाइ माथि उठाउन शिक्षा , स्वास्थ्य , खानेपानी पूर्वाधार क्षेत्र लगाएतमा लगानी आवश्यक भएकोले एसियाली बिकास बैंकको सहयोग अझै ब्रिद्दि गर्न पनि अनुरोध गरे ।  कोभिडको महामारीको बेला एसियाली बिकास बैंकले गरेको सहुलियतापूर्ण ऋण र अनुदान सहयोगहरुका लागि उनले धन्यबाद दिए।  

एसियाली बिकास बैकका उपध्यक्ष अशोक लाभाशाले एसियाली बिकास बैंकले  नेपाल सरकार र नेपाली जनताको सहयोगका लागिसधै हातेमालो गर्ने बताए ।  अर्थ मन्त्रि शर्माले दिएको मार्ग दर्शन अनुशार आफु नेपाल सरकार र निजि क्षेत्रलाइ सहयोग गर्न तयार रहेको बताए ।  उनले अर्को महिना फिलिपिन्सको मनिलामा हुने कार्यक्रममा अझ बढी छलफल गर्ने बताए ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको