Like us!
Follow us!
Connect us!
Watch us!

समृद्धि फाइनान्सको बनेपा शाखा कार्यालय उद्घाटन

अर्थ संसार

सोमबार, २७ भदौ २०७९, ११ : ५२ मा प्रकाशित

समृद्धि फाइनान्सको बनेपा शाखा कार्यालय उद्घाटन

समृद्धि फाइनान्स कम्पनी लिमिटेडले आफ्नो सातौँ शाखाको रुपमा बनेपा शाखा कार्यालयको उद्घाटन गरेको छ । बनेपा नगरपालिकाका मेयर शान्ती रत्न शाक्यले आज एक कार्यक्रमका बीच बनेपा शाखा कार्यालयको औपचारीक उद्घाटन गरेका हुन् ।

उक्त कार्यक्रममा बनेपा उ.वा. संघका उपाध्यक्ष कैलाश पलान्चोके , बनेपा न.पा. वार्ड नं ८ का वार्ड अध्यक्ष शुभलक्ष्मी मानन्धरसहित लब्धप्रतिष्ठीत व्यक्तित्वको उपस्थिति रहेको थियो । साथै उक्त कार्यक्रमको अध्यक्षता फाइनान्सका अध्यक्ष ठाकुर प्रसाद भट्टराईले गरेका थिए भने प्रमुख कार्यकारी अधिकृत टिका निधि लोहनीले स्वागत मन्तव्य राख्दै फाइनान्सको वित्तिय कारोबार सम्बन्धी जानकारी गराएका थिए । त्यस्तै चाँडै नै आठौँ शाखाको रुपमा जनकपुर शाखाको पनि उद्घाटन गरिने जानकारी फाइनान्सका प्रमुख व्यवसाय प्रवद्धन अधिकृत सुरज कुमार सर्राफले बताए ।

समृद्धि फाइनान्सले मुद्धति निक्षेपको योजना अन्तर्गत ७२ महिनामा पैसा दोब्बर हुने निक्षेप योजना सार्वजनिक गरेको छ । यसका साथ-साथै फाइनान्सले १० वर्षमा पैसा तेब्बर, १५ वर्षमा पैसा पाँच गुणा र २० वर्षमा पैसा आठ गुणा हुने निक्षेप योजना पनि सञ्चालनमा ल्याएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको