Like us!
Follow us!
Connect us!
Watch us!

४ अर्बले घट्याे निक्षेप संकलन, सीडी रेसियो कति ?

अर्थ संसार

सोमबार, २७ भदौ २०७९, १२ : ०७ मा प्रकाशित

४ अर्बले घट्याे निक्षेप संकलन, सीडी रेसियो कति ?

वाणिज्य बैंकहरुको निक्षेप संकलन ४ अर्बले घटेकाे छ । बैंकहरूकाे कर्जा लगानी पनि घटेकाे छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेकाे तथ्यांक अनुसार बैंकहरूकाे निक्षेप संकलनसँगै कर्जा लगानी पनि घटेकाे हाे । 

भदाै २५ गते, शनिबारसम्म बैंक तथा वित्तीय संस्थाहरूकाे कुल निक्षेप ५० खर्ब ४१ अर्ब रूपैयाँ रहेकाे छ । भदाै २४ गते, शुक्रबार बैंक तथा वित्तीय संस्थाहरूमा कुल ५० खर्ब ४५ अर्ब रहेकाे थियाे । एक दिनकाे अवधिमा बैंक तथा वित्तीय संस्थाहरूकाे कुल निक्षेप ४ अर्बले घटेकाे हाे । यस्तै, यसै अवधिमा वाणिज्य बैंकहरूकाे निक्षेप संकलन पनि ४ अर्बले नै घटेर ४४ खर्ब ४१ अर्ब रूपैयाँमा झरेकाे छ ।

त्यसैगरी, वाणिज्य बैंकहरुको कर्जा लगानी एक अर्बले घटेर ४१ खर्ब ८१ अर्ब रूपैयाँमा झरेकाे छ । यसै अवधिमा बैंक तथा वित्तीय संस्थाहरूले कुल ४७ खर्ब १७ अर्ब रूपैयाँ बराबरकाे कर्जा प्रवाह गरेका छन् ।

बैंकहरूकाे सीडी रेसियो ८८.१८ प्रतिशतबाट बढेर ८८.२३ प्रतिशत पुगेकाे छ । 

631ed2b4e6c5a.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको