Like us!
Follow us!
Connect us!
Watch us!

न्याय माग्दै उत्रिएका मिटर ब्याजी पिडितमाथि प्रहरीले गर्यो लाठीचार्ज

अर्थ संसार

सोमबार, २७ भदौ २०७९, १५ : ५६ मा प्रकाशित

न्याय माग्दै उत्रिएका मिटर ब्याजी पिडितमाथि प्रहरीले गर्यो लाठीचार्ज

न्याय माग्दै उत्रिएका मिटर ब्याजी पिडितमाथि प्रहरीले लाठीचार्ज तथा पक्राउ गरेकाे छ । आज किर्तिपुरबाट प्रदर्शन सुरु गरेर माइतीघर आउने क्रममा प्रहरीले उनीहरुलाई किर्तिपुरबाट नै पक्राउ गरेको हो । 

प्रहरीले सबैलाई पक्राउ गरेको छ । त्यसक्रममा केही घाइते समेत भएका छन् । मिटर ब्याज तथा ठगी विरुद्द किसान-मजदुर संघर्ष समितिले शान्तिपूर्ण आन्दोलन किर्तिपर गेट नजिकै पुग्दा प्रहरीले लाठी चार्ज गरेको बताइएकाे छ।  

लाठी चार्जमा समितिका उपाध्यक्ष कुल प्रसाद थापा मगर र समितिका सदस्यद्धय कौशिला देवी केवट र दिवश गौतम सख्त घाइते भएको समितिले जनाएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको