Like us!
Follow us!
Connect us!
Watch us!

बाल दिवसको अवसरमा कामना सेवाद्वारा आवश्यक सामाग्री प्रदान

अर्थ संसार

विहीबार, ३० भदौ २०७९, ११ : २६ मा प्रकाशित

बाल दिवसको अवसरमा कामना सेवाद्वारा आवश्यक सामाग्री प्रदान

कामना सेवा विकास बैंक लिमिटेडले सामाजिक उत्तरदायित्व अन्तर्गत आफ्ना विभिन्न कार्य क्षेत्र वरिपरि रहेका विभिन्न बाल आश्रम/सामुदायिक विद्यालयहरुमा “Spreading Smiles” भन्ने नाराका साथ आवश्यक सामाग्रीहरु प्रदान राष्ट्रिय बाल दिवस मनाएको छ । 

बैंकले प्रदेश १ क्षेत्रबाट, हाम्रो बाल आश्रम दमक, मधेश प्रदेश क्षेत्रबाट अनाथालय सानोघर र Sarlahi Children Center, काठमाडौं क्षेत्रबाट नन्दी माध्यमिक विद्यालय, पोखरा क्षेत्रबाट Rainbow Children Home र जलजला बाल आश्रम, बुटवल क्षेत्रबाट मणिग्राम नमुना माध्यमिक विद्यालय, सत्य साई विद्या पिठ, राजेश्वरी आधारभूत विद्यालय, तनहुँ माध्यामिक विद्यालय, शुभान्सी आधारभूत कन्या विद्यालय, प्राथमिक विद्यालय, सुस्ता जनता आधारभूत विद्यालय, बिन्द्याबासिनी मिसुजु आधारभूत विद्यालय र बुटवल माध्यामिक विद्यालय, नारायणघाट क्षेत्रबाट साहारा घर र Rise Up Orphan Children Home, पश्चिम क्षेत्रबाट सरस्वती प्राथमिक विद्यालय र केन्द्रीय कार्यालयबाट Blind Children Education Center मा आवश्यक खाद्य र पाठ्य सामाग्रीहरु प्रदान गरी राष्ट्रिय बाल दिवस मनाएको छ ।  

यस प्रकारका सहयोगका साथै कामना सेवा विकास बैंकले सामाजिक उत्तरदायित्वका क्रियाकलापहरुलाई प्राथमिकतामा राखी आगामी दिनहरुमा समेत अझ प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको