Like us!
Follow us!
Connect us!
Watch us!

बालेनलाई बाबुरामको आग्रह : निश्चित ठाउॅ र समय तोकेर फुटपाथ व्यवसायको व्यवस्थापन गरौं

अर्थ संसार

शुक्रबार, ३१ भदौ २०७९, ०८ : ३३ मा प्रकाशित

बालेनलाई बाबुरामको आग्रह : निश्चित ठाउॅ र समय तोकेर फुटपाथ व्यवसायको व्यवस्थापन गरौं

पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले फुटपाथ व्यवस्थापन गर्न काठमाडौं महानगरपालिकाले अंगिकार गरेको नीतिको प्रशंसा गरेका छन् । महानगर मेयर बालेन्द्र शाह ‘बालेन’ले असन, नयाँ बानेश्वरसहितका क्षेत्रको फुटपाथ व्यापार हटाएका थिए ।

भट्टराईले भनेका छन्, ‘काठमाडौं मनपालाई व्यवस्थित गर्ने, मृत प्रायःबनेका नदीलाई पुनर्जीवन दिने आदि मेयर (बालेन) का पहल प्रशंसनीय छन् । फुटपाथ पनि व्यवस्थित गर्नुपर्छ ।’

तर, निश्चित ठाउँ र समय तोकेर फुटपाथ व्यवसायको व्यवस्थापन गर्नुपर्ने भट्टराईले बताएका छन् । ‘संसारभर स्वरोजगार श्रमिक फुटपाथ वा सार्वजनिक ठाउँमा व्यवसाय गर्न बाध्य हुन्छन् । अतःनिश्चित ठाउँ,समय तोकेर तिनको व्यवस्थापन गर्नैपर्छ,’ उनले भनेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको