Like us!
Follow us!
Connect us!
Watch us!

बाबुरामलाई बालेनको जवाफ-‘हजारौँको घर भत्काएर फुटपाथ बनाउदा पनि सोच्न पर्थ्यो’

अर्थ संसार

शुक्रबार, ३१ भदौ २०७९, ११ : ४४ मा प्रकाशित

बाबुरामलाई बालेनको जवाफ-‘हजारौँको घर भत्काएर फुटपाथ बनाउदा पनि सोच्न पर्थ्यो’

काठमांडौ महानगरपालिकाका मेयर बालेन्द्र साहले पुर्वप्रधानमन्त्री बाबुराम भट्टराईले दिएको सुझावमा सामाजिक सञ्जाल मार्फत नै जवाफ दिएका छन् । 

आज भट्टराईले सामाजिक सञ्जाल मार्फत बालेनको कामको तारिफ गर्दै निश्चित ठाउँ र समय तोकेर फुटपाथ व्यवसायको व्यवस्थापन गर्न सुझाव दिएका थिए । उनको उक्त सुझावको जवनफमा साहले उनकै फेसबुकमा लेखेका छन् ‘यो कुरा त हजुरले हजारौको घर भत्काएर फुटपाथ बनाउदा पनि सोच्न पर्थ्यो नि’ । 

पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले फुटपाथ व्यवस्थापन गर्न काठमाडौं महानगरपालिकाले अंगिकार गरेको नीतिको प्रशंसा गर्दै  ‘काठमाडौं मनपालाई व्यवस्थित गर्ने, मृत प्रायःबनेका नदीलाई पुनर्जीवन दिने आदि मेयर ९बालेन० का पहल प्रशंसनीय छन् । फुटपाथ पनि व्यवस्थित गर्नुपर्छ ।’ सामाजिक सञ्जालमा लेखेका थिए 

तर, निश्चित ठाउँ र समय तोकेर फुटपाथ व्यवसायको व्यवस्थापन गर्नुपर्ने भट्टराईले बताएका छन् । ‘संसारभर स्वरोजगार श्रमिक फुटपाथ वा सार्वजनिक ठाउँमा व्यवसाय गर्न बाध्य हुन्छन् । अतःनिश्चित ठाउँ,समय तोकेर तिनको व्यवस्थापन गर्नैपर्छ,’ उनले लेखेका छन् ।

632411ed16721.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको