Like us!
Follow us!
Connect us!
Watch us!

ब्याजदर वृद्धिकाे प्रभाव : शुक्रबारको कारोबार हुने अन्तिम दिन पनि नेप्से ओरालो यात्रामै

नेप्से

शुक्रबार, ३१ भदौ २०७९, १३ : १३ मा प्रकाशित

ब्याजदर वृद्धिकाे प्रभाव : शुक्रबारको कारोबार हुने अन्तिम दिन पनि नेप्से ओरालो यात्रामै

आज शुक्रबारको कारोबार हुने अन्तिम दिन हाे । अब असाेजबाट शुक्रबार सेयर काराेबार बन्द हुनेछ ।  शुक्रबारको कारोबार हुने अन्तिम दिन पनि नेप्से ओरालो यात्रामै देखियाे । बैंकहरूकाे ब्याजदर वृद्धिकाे निर्णयले सेयर बजारमा नकारात्मक प्रभाव परेकाे छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (शुक्रबार) सेयर कारोबार मापक नेप्से परिसूचक १४.१० अंकले घटेर १९१०.३८ विन्दुमा झरेकाे छ । नेप्से ०.७३ प्रतिशतले घटेकाे हो । यता सेन्सेटिभ परिसूचक पनि २.२३ अंकले घटेर ३७१.९० विन्दुमा झरेको छ । 

कूल २२० वटा कम्पनीकाे २९ लाख १६ हजार २ सय ७१ कित्ता सेयर खरिदबिक्री हुँदा ९० करोड ८१ लाख ८६ हजार ४ सय ८८ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज म्युचुअल फण्डबाहेक बाँकी सबै उपसमूहकाे सेयर घटेको छ । फाइनान्स समूह सबैभन्दा धेरै घटेकाे छ । 

त्यसैगरी, शुक्रबार काराेबार रकममा रिडी पावर कम्पनी लिमिटेडले अग्रता कायम गरेकाे छ । कम्पनीकाे ४ कराेड २३ लाख ३२ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे छ ।

आज नबिल ब्यालेन्स फण्ड २ काे मूल्य सबैभन्दा धेरै घटेकाे छ । उक्त फण्डकाे मूल्य ७.८७ प्रतिशतले घटेर ९ रूपैयाँ ६० पैसा पुगेकाे छ ।

 

यस दिन मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ । संस्थाकाे सेयरमूल्य ५.५९ प्रतिशतले घटेर ९ सय ८० रूपैयाँमा झरेकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको