Like us!
Follow us!
Connect us!
Watch us!

माधब नेपाल र रास्ट्रपतिलाई बालेनको प्रश्न -अब कुन मुख देखाएर जनता माझ भोट माग्न जानु हुन्छ ?

अर्थ संसार

शनिबार, ०१ असोज २०७९, १९ : ५६ मा प्रकाशित

माधब नेपाल र रास्ट्रपतिलाई बालेनको प्रश्न -अब कुन मुख देखाएर जनता माझ भोट माग्न जानु हुन्छ ?

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह(बालेन)ले राष्ट्रपति र पूर्वप्रधानमन्त्रीले तीनकुनेको ५० वर्षदेखिको समस्या समाधान नगरेको टिप्पणी गरेका छन् । उनले एकीकृत समाजवादीका अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई तीनकुनेको समस्या समाधान नगरी कसरी जनतामाझ जानुहुन्छ भन्दै प्रश्न गरेका छन् ।  

शाहले शनिबार सामाजिक सञ्जालमा एक स्टेटस लेख्दै एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई प्रधानमन्त्री हुँदासमेत आफ्नो निर्वाचन क्षेत्र तीनकुनेको ५० वर्षदेखिको समस्यालाई समाधान नगरेकोले 'कुन मुख देखाएर' जनतासँग भोट माग्न जानुहुन्छ भन्दै प्रश्न गरेका छन् । 

चुनाव आउन अझै २ महिना बाँकी रहेको र सरकार पनि आफ्नै रहेकोले समस्या समाधान गर्न सुझाव दिएका छन् । उनले भनेका छन्, 'आदरणीय माधब नेपालज्यु तथा सम्माननिय रास्ट्रपति ज्यु,  प्रधानमन्त्री बन्नु भयो रास्ट्रपति बन्नु भयो । आफ्नै क्षेत्र तिनकुनेको ५० वर्षदेखिको समस्या आफैले हस्ताक्षर गरेर बारम्बार सम्झौता गरेर पनि समाधान गर्नु भएन । अब कुन मुख देखाएर जनता माझ भोट माग्न जानु हुन्छ ? अझै दुई महिना छ, सरकार तपाइँकै हो । समस्या समाधान होस् भन्ने आशा राखेको छु ।'

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको