Like us!
Follow us!
Connect us!
Watch us!

कामना सेवा गेट वे पेमेन्ट सर्भिससँग सम्झौता गर्ने पहिलो विकास बैंक

अर्थ संसार

आइतबार, ०२ असोज २०७९, १० : ४८ मा प्रकाशित

कामना सेवा गेट वे पेमेन्ट सर्भिससँग सम्झौता गर्ने पहिलो विकास बैंक

कामना सेवा विकास बैंक लिमिटेड आफ्नो सेवा सुविधा विस्तार गर्ने क्रममा युनीफाईड पेमेन्ट इन्टर्फेस् नेपालसँग आjद्ध रहेको गेट वे पेमेन्ट सर्भिससँग सम्झौता गर्ने नेपालकै पहिलो विकास बैंक बनेको छ । भाद्र ३१ गते शुक्रबार बैंकको केन्द्रीय कार्यलय ज्ञानेश्वर सम्झौता सम्पन्न भएको हो ।

सेवा सुरु भए पश्चात् प्रथम चरणमा भारतमा रहेका नेपालीले युपीआइमार्फत कामना सेवा विकास बैंकमा रहेकै बैंक खातामा सोझै रकमान्तर गर्न एवं भारतीय पर्यटकले कामना सेवा विकास बैंकका मर्चेन्टहरुमा भारतीय बैंककै एप मार्फत QR कोड स्क्यान गरी रकम भुक्तानी गर्न सक्ने पनि बैंकले जनाएको छ । 

यस सेवाले भारतबाट प्राप्त हुने विप्रेषण सेवालाई अझ प्रभावकारी बनाउन मद्दत गर्ने विश्वास बैंकले लिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको