Like us!
Follow us!
Connect us!
Watch us!

बैंकको ब्याज बढेसंगै सहकारीको पनि ब्याजदर बढाउन दबाब !

अर्थ संसार

सोमबार, ०३ असोज २०७९, ०७ : २७ मा प्रकाशित

बैंकको ब्याज बढेसंगै सहकारीको पनि ब्याजदर बढाउन दबाब !

बैंक तथा वित्तिय संस्थाहरुले मुद्दती निक्षेपको ब्याज बढाएसंगै सहकारीहरुलाई पनि ब्याजदर बढाउन दबाब परेको छ । बैंकहरुले बिगत ६ महिना देखिको भद्र सहमतिलाई तोड्दै आँफु अनुकुल ब्याजदर बढाउन घटाउन सक्ने निर्णय गरेका थिए । 

अहिले कतिपय बैंकहरुले मुद्दती निक्षेपको ब्याजदर नै १५ प्रतिशत भन्दा बढि पुर्याइसकेका छन् भनि सबै बैंकहरुले रेमिट्यान्स मुद्दती निक्षेपमा भने १३.१३ प्रतिशत पुर्यायका छन् । वाणिज्य बैंकहरुले नै निक्षेपमा १५ प्रतिशतसम्म ब्याज दिन थाले पनि सहकारीहरुलाई पनि ब्याजदर बढाउन दबाब परेको हो । 

वाणिज्य बैंकहरुले नै मुद्दतीमा १५ प्रतिशतसम्म ब्याज दिन थाले पनि अहिले कै ब्यादरमा हाम्रो सहकारीमा कसले पैसा राखिदिने बैंकहरुलाई आँफुखुसी ब्याज बढाउन दिने अनि हामिलाई भने संकुचित बनाउने एक सहकारीका सचालकले गुनासो गरे ।

‘अहिलेको अवस्थामा त हामिले चाहेर पनि निक्षेपको ब्याज बढाउन सक्ने अवस्था छैन’ उनले भने ‘सरकारले १६ प्रतिशतभन्दा बढि कर्जामा ब्याजदर लिन नपाउने गरि हाम्रो सन्दर्भ ब्याजदर तोकिदिएको छ अनि हामिले कर्जाको ब्याजदर बढाउन नपाउने हो भने त निक्षेपको बढाउन सक्ने अवस्था नै रहेन कतिपय ख बर्गका बैंकहरुले नै कर्जाको ब्याजदर १७ प्रतिशत पुर्याइसके अनि हामिलाई मात्र किन संकुचन ।’ 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको