प्रत्यक्षमा चुनाव जित्ने संभावना नदेखेपछि प्रधानमन्त्री पत्नी एबं नेपाली कांग्रेसकी केन्द्रिय सदस्य आरजु राणा देउवालाई पनि समानुपातिक सूचिमा समावेस गरिएको छ ।
कैलाली क्षेत्र न. ५ बाट प्रत्यक्ष निर्वाचन लड्ने तयारी गरेकी राणालाई पार्टी भित्रैबाट अन्तरघातको संभावना देखिएपछि उनलाई समानुपातिक सूचिमा राखिएको श्रोतको दावी छ । अघिल्लो निर्वाचनमा अन्तरघात गरेको आरोपमा पार्टीबाट निष्कासित कांग्रेसका पुर्व केन्द्रिय सदस्य पुष्करनाथ ओझाले पनि निर्वाचन लड्ने तयारी गरेपछि राणा प्रत्यक्ष चुनाव लड्न हच्किएको स्रोतको दावी छ ।
त्यस्तै अहिले पनि पार्टीको केहि प्रदेश तथा जिल्लास्तरिय नेताहरु पनि राणाबाट रुष्ट छन् । पार्टीको जिल्ला निर्वाचनामा समेत उनिबाट रुष्ट समूहले उनलाई निर्वाचनमा सहयोग नगर्ने डर उनिमा थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस