Like us!
Follow us!
Connect us!
Watch us!

एक सातापछि हरियाे भएर बन्द भयाे नेप्से, के बजारले ब्याजदर आतंक पचाएकै हो ?

नेप्से

बुधबार, ०५ असोज २०७९, १५ : ०१ मा प्रकाशित

एक सातापछि हरियाे भएर बन्द भयाे नेप्से, के बजारले ब्याजदर आतंक पचाएकै हो ?

गत बुधबार बढेर त्यसपछि निरन्तर घटिरहेकाे सेयर बजार एक सातापछि आज (बुधबार) बढेर बन्द भएकाे छ । नेप्से परिसूचक बढ्दा काराेबार रकम भने खस्किएकाे छ । 

बैंकहरूको ब्याजदर बढ्ने निश्चित भएदेखि नै बजार उच्च अंकले घटेको थियो । ४ कारोबार दिनमा नै बजार १५० अंक भन्दा धेरैले घटिसकेको थियो । अहिलेको ब्याजदर नै उच्च भएको र कार्तिकमा बैंकहरूले कर्जाको ब्याजदर थप बढाउँदा ब्याजदर उच्चतम सीमामा पुग्ने र यो लेभल भन्दा नबढ्ने बरू घट्न सक्ने आँकलन अधिकांश लगानीकर्ताहरूले गरेका छन् । त्यसैले, बजारमा प्यानिक सेल आइरहँदा कतिपय लगानीकर्ताहरूले खरिद बढाउँदा बजारमा केही सुधार देखिएको हो । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बुधबार) सेयर कारोबार मापक नेप्से परिसूचक ११.२२ अंकले बढेर १८४८.८२ विन्दुमा पुगेकाे छ । नेप्से ०.६१ प्रतिशतले बढेकाे हो । सेन्सेटिभ परिसूचक पनि २.०१ अंकले बढेर ३६०.८८ विन्दुमा पुगेको छ । 

कूल २२६ वटा कम्पनीकाे २५ लाख ३१ हजार ३ सय ७० कित्ता सेयर खरिदबिक्री हुँदा ७२ करोड १२ लाख ५९ हजार ८ सय ८४ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज म्युचुअल फण्डबाहेक बाँकी सबै उपसमूहकाे सेयर बढेको छ । सबैभन्दा धेरै फाइनान्स समूह बढेकाे छ ।

बुधबार नबिल बैंक लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । बैंककाे ३ कराेड ३८ लाख १५ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।

आज सामलिङ्ग पावर कम्पनी लिमिटेडकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । कम्पनीकाे सेयरमूल्य १० प्रतिशतले बढेर ४ सय ८२ रूपैयाँ ९० पैसा पुगेकाे छ ।

आज विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ । संस्थाकाे सेयरमूल्य ३.६३ प्रतिशतले घटेर ८ सय ८५ रूपैयाँमा झरेकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको