Like us!
Follow us!
Connect us!
Watch us!

कर तिर्न यी ठुला करदातालाई महानगरको पत्र, १० दिनभित्र नतिरे असुलउपर गरिने

अर्थ संसार

विहीबार, ०६ असोज २०७९, ०६ : ४६ मा प्रकाशित

कर तिर्न यी ठुला करदातालाई महानगरको पत्र, १० दिनभित्र नतिरे असुलउपर गरिने

काठमांडौ महानगरपालिकाले ठूला करदातालाई १० दिनभित्र सम्पत्ति र घरबहाल कर तिर्न निर्देशन दिएको छ । महानगरपालिकाले बुधबार पत्र काटेर विभिन्न सङ्घसंस्था, व्यक्ति, कम्पनी र सरकारी निकायलाई घरजग्गा सम्पत्तिमा लाग्ने कर र घरबहाल कर तिर्न निर्देशन दिएको हो ।

दस दिनभित्र करदाताले वडा कार्यालयमा पुगेर आफ्नो सम्पत्ति र घरबहाल कर नतिरेमा सरकारी बाँकीसरह असुलउपर गरिने महानगरले जनाएको छ ।

जय नेपाल हल, इम्पेरियल अपार्टमेन्ट, सगरमाथा इन्सोरेन्स, ग्लोबल ट्रेडिङ कन्सर्न, पूजा इन्टरप्राइजेज, ल्यान्डमार्क होटल, ओसान इन्टरनेसनल कलेज, वल्र्ड ट्रेड सेन्टर, सीटीसी मल र एनआरटी क्लबलाई सम्पत्ति कर बुझाउन पत्र काटिएको महानगरले जनाएको छ । 

यस्तै बुद्धबारी कम्प्लेक्स, सिग्नेचर अपार्टमेन्ट, काठमाडौंँ इन्जिनियरिङ कलेज, नेपाल रेडक्रम सोसाइटी, ब्लुबर्ड इन्भेस्टमेन्ट, होटल प्लाटिनियम,  आदर कम्प्लेक्स, ब्याट्री कारखाना, सिद्धार्थ वनस्थली स्कुल र एडभान्स अटोमोबाइललाई पनि महानगरले कर तिर्न बोलाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको