Like us!
Follow us!
Connect us!
Watch us!

एकै दिनमा १६ अर्बले बढ्यो निक्षेप संकलन, निरन्तर घट्दै सिडि रेसियो !

अर्थ संसार

विहीबार, ०६ असोज २०७९, १९ : २६ मा प्रकाशित

एकै दिनमा १६ अर्बले बढ्यो निक्षेप संकलन, निरन्तर घट्दै सिडि रेसियो !

 बैंकहरूको निक्षेप संकलन एकदिनमै १६ अर्बले बढेको छ । बैंकहरूको निक्षेप संकलन बढ्दा सिडी रेसियोमा पनि सुधार देखिएको छ । 

नेपाल राष्ट्र बैंकका अनुसार असोज ५ गते, बुधबारसम्म बैंक तथा वित्तीय संस्थाहरूमा कुल ५१ खर्ब ६ अर्ब रुपैयाँ निक्षेप रहेको छ । असोज ४ गते, बुधबारसम्म बैंकहरूको निक्षेप ५० खर्ब ९० अर्ब रूपैयाँ रहेको थियो । एकैदिनमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप १६ अर्बले बढेको हो । यसै अवधिमा वाणिज्य बैंकहरूको निक्षेप पनि १६ अर्बले बढेर ४५ खर्ब ४ अर्ब पुगेको छ ।

बैंकहरूको कर्जा प्रवाह पनि १ अर्बले बढेर ४७ खर्ब २३ अर्ब रूपैयाँ पुगेको छ । वाणिज्य बैंकहरूको कर्जा लगानी पनि १ अर्बले बढेर ४१ खर्ब ८५ अर्ब रूपैयाँ पुगेको छ । 

बैंकहरूको औसत कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८७.५९ प्रतिशतबाट घटेर ८७.३० प्रतिशतमा झरेको राष्ट्र बैंकले जनाएको छ । 

632c666af2e6f.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको