Like us!
Follow us!
Connect us!
Watch us!

पसलमा राखेको साइन बोर्डको कर तिर्न काठमांडौ महानगरपालिकाकाे ताकेता !

अर्थ संसार

शुक्रबार, ०७ असोज २०७९, ०७ : १४ मा प्रकाशित

पसलमा राखेको साइन बोर्डको कर तिर्न काठमांडौ महानगरपालिकाकाे ताकेता !

काठमांडौ महानगरपालिकामा व्यबसाय गर्नेहरुले आफ्नै पसलमा राखेको आफ्नै परिचय पाटी(साइन बोर्ड) को समेत कर तिर्नुपर्ने भएको छ । काठमांडौ महानगरपालिकाले आज एक सूचना प्रकाशित गर्दै ३० दिनभित्र उक्त कर तिरिसक्न आग्रह गरेको छ । 

काठमाडौँ महानगरपालिका क्षेत्रभित्र व्यापार व्यवसाय गर्ने केही व्यक्ति, सङ्घ संस्थाहरूले आफ्नो कार्यस्थलमा बाहिर राखिआएको परिचय पाटी (व्यक्ति व्यवसाय वा सक्ष्य संस्थाको परिचय खुल्ने नाम भएको) राखे बापत महानगरपालिकालाई बुझाउन पर्ने परिचय पाटी शुल्क बुझाएको भन्दै सूचना प्रकाशन भएको ३० (तीस) दिनभित्र सम्बन्धित वडा कार्यालयमा गई महानगरपालिकाको आर्थिक ऐन, २०७९ को अनुसूची ९ बमोजिमको निम्नानुसारको शुल्क बुझाउन आग्रह गरेको छ । 

उक्त अवधिभित्र परिचय पाटी शुल्क नबुझाएमा वा तोकिएको साइजभन्दा ठूलो परिचय पाटी राखेको पाइएमा त्यस्ता परिचय पाटी महानगरपालिकाले तत्काल हटाउने जनाएको छ । 

परिचय पाटी (Sign Board) ६ वर्ग फुटसम्म एक वटाकाे ५०० रूपैयाँ, परिचय पाटी (Sign Board) १५ वर्ग फुटसम्मकाे १००० रूपैयाँ र १५ वर्ग फुटभन्दा माथि ३० वर्गफुटसम्मकाे प्रतिवर्ग फुट १००० रूपैयाँ बार्षिक शूल्क लाग्ने र ३० वर्गफुट भन्दा माथिकाे परिचय पाटी राख्न पाइने छैन । 

632d0d9d9b630.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको