Like us!
Follow us!
Connect us!
Watch us!

एनसीसी बैंक र सिड मेडिकल ल्याबरोटरिजबीच सम्झौता, ग्राहकलाई छुट

अर्थ संसार

बुधबार, १२ असोज २०७९, १७ : १२ मा प्रकाशित

एनसीसी बैंक र सिड मेडिकल ल्याबरोटरिजबीच सम्झौता, ग्राहकलाई छुट

नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी बैंक) ले आफ्ना ग्राहकहरुलाई चितवनको भरतपुरमा अवस्थित सिड मेडिकल ल्याबरोटरिज प्रा.ली मा विशेष छुट प्रदान गर्ने सम्झौता भएकोे छ । 

यस सम्झौता मार्फत बैंकको भिषा कार्ड प्रयोगकर्ता तथा मोबाइल बैंकिङ्ग चलाउने ग्राहकहरुलाई चितवनको भरतपुरमा अवस्थित सिड मेडिकल ल्याबरोटरिजमा बैंकको भिषा कार्ड तथा मोबाइल बैंकिङ्ग मार्फत भुक्तानी गर्दा उपलब्ध विभिन्न सेवाहरुमा २० प्रतिशत छुट प्राप्त हुनेछ । 

देशैभर शाखा सञ्जाल फैलिएको एनसीसी बैंकले ७ वटै प्रदेशमा गरी १५६ शाखा १५ एक्स्टेन्सन काउन्टर र १३७ एटिएम सञ्चालन गरीे ग्राहकहरुलाई स्तरीय सेवा प्रदान गर्दै आएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको