Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्र बैंकले थप्याे स्थायी तरलता सुविधाको अवधि

अर्थ संसार

विहीबार, १३ असोज २०७९, १५ : ३८ मा प्रकाशित

राष्ट्र बैंकले थप्याे स्थायी तरलता सुविधाको अवधि

नेपाल राष्ट्र बैंकले स्थायी तरलता सुविधाको अवधि थपेकाे छ । लगातार ८ दिन बिदा परेपछि राष्ट्र बैंकले स्थायी तरलता सुविधा सम्बन्धी नयाँ व्यवस्था लागू गरेकाे हाे । 

यसअघि स्थायी तरलता सुविधाको अधिकतम भुक्तानी समयावधि ७ दिन रहेकाेमा अब भने ७ दिनभन्दा धेरै बिदा परेमा बिदा समाप्त नहुँदासम्म भुक्तानी अवधि रहने भएकाे हाे ।

राष्ट्र बैंककाे सूचनामा भनिएकाे छ, “स्थायी तरलता सुविधाको अधिकतम भुक्तानी समयावधि हाल ७ कार्यदिन रहेको छ । तर कथंकदाचित ७ दिन वा सोभन्दा बढी अवधिको सार्वजनिक बिदा परेको अवस्थामा यस्तो अवधि विदापश्चात कार्यालय खुल्ने दिनसम्मको लागि कायम गर्न बाधा पुगेको मानिने छैन ।”

यसपालीकाे दशैँमा लगातार ८ दिन बिदा परेकाे छ । साेही कारण राष्ट्र बैंकले नयाँ व्यवस्था लागू गरेकाे हाे ।

राष्ट्र बैंककाे सूचना यस प्रकारकाे छ :

63356e95818b9.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको