नेपाल राष्ट्र बैंकले मनिचेन्जरको नयाँ इजाजतपत्र प्रदान गर्ने कार्य बन्द गरेको छ । राष्ट्र बैंककाे विदेशी विनिमय व्यवस्थापन विभागले आज एक सूचना प्रकाशन गर्दै मनिचेन्जरको नयाँ इजाजतपत्र प्रदान गर्ने कार्य बन्द गरिएकाे जानकारी दिएकाे छ ।
बैंकबाट अर्को व्यवस्था नभएसम्मको लागि अन्तर्राष्ट्रिय विमानस्थल बाहेकका स्थानमा मनिचेञ्जरको नयाँ इजाजतपत्र प्रदान गर्ने सम्बन्धी कार्य बन्द रहने राष्ट्र बैैंककाे सूचनामा उल्लेख गरिएकाे छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस