राधी विद्युत कम्पनी लिमिटेडले असोज ५ गतेदेखि आफ्ना लगानीकर्तालाई धमाधम हकप्रद सेयर निष्कासन तथा बिक्री खुल्ला गरिरहेकाे छ । उक्त हकप्रद सेयर भर्न अब आजसहित २ दिन मात्र बाँकी रहेकाे छ ।
सिडीएसका अनुसार आज (असाेज २४ गते, साेमबार) बिहान १० बजेसम्ममा कम्पनीकाे हकप्रदमा ३१ हजार ५ सय ४७ जना लगानीकर्ताहरूले ४९ कराेड १३ लाख ८५ हजार २ सय रूपैयाँ बराबरकाे ४९ लाख १३ हजार ८ सय ५२ कित्ताका लागि आवेदन दिएका छन् ।
कम्पनीले हाल कायम चुक्ता पुँजीकाे १:१.४७५२ को अनुपातमा एक सय रूपैयाँ अंकित दरमा १०० प्रतिशतले हुन आउने ९५ करोड ३५ लाख ७६ हजार ९९ रुपैयाँ बराबरको ९५ लाख ३५ हजार ७६०.९९ कित्ता कित्ता हकप्रद सेयर निष्कासन गरेकाे हाे ।
क-कसले दिन पाउँछन् आवेदन ?
कम्पनीले हकप्रद प्रयोजनका लागि भदौ १२ गते एक दिन बुकक्लोज गरेकाे थियाे । त्यसैले, भदाै १० गते, शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम भएका शेयरधनीहरूले मात्र हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।
कहिलेसम्म दिने आवेदन ?
कम्पनीको हकप्रदमा भाेलि असोज २५ गते बैंकिङ समयसम्म आवेदन दिन सकिनेछ ।
काे हाे बिक्री प्रबन्धक ?
कम्पनीको उक्त हकप्रद सेयरमा निष्कासन तथा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटल लिमिटेडले गरेकाे छ ।
कहाँबाट दिने आवेदन ?
लगानीकर्ताले बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल र मुक्तिनाथ विकास बैंकको विभिन्न शाखा कार्यालय र नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । मेराे सेयरबाट पनि हकप्रद भर्न सकिन्छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस