Like us!
Follow us!
Connect us!
Watch us!

हाइड्रोजन बिक्री गरी नेपाललाई आर्थिक रूपमा समृद्ध बनाउन सक्छ : अर्थमन्त्री शर्मा

अर्थ संसार

सोमबार, २४ असोज २०७९, १६ : ५४ मा प्रकाशित

हाइड्रोजन बिक्री गरी नेपाललाई आर्थिक रूपमा समृद्ध बनाउन सक्छ : अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले हाइड्रोजन बिक्री गरी नेपाललाई आर्थिक रूपमा समृद्ध बनाउन सकिने बताएका छन् । आज (सोमबार)  काठमाडौंमा आयोजित नेपाल ग्रिन हाइड्रो सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले जलवायु परिवर्तनका कारण विभिन्न असरहरू पनि देखिन थालेको भन्दै कार्बन उत्सर्जनलाई कम गर्नुपर्ने बताए ।  उनले पेट्रोलियम पदार्थको खरिदमा नेपालबाट सबैभन्दा बढी डलर बाहिरिरहेको र व्यापार घाटा भइरहेको समेत बताएका छन् । 

मन्त्री शर्माले देशभित्र मात्रै हाइड्रोजनको प्रयोग गर्न सकेमा व्यापार सन्तुलनमा आउन सक्ने बताएका छन् ।  नेपालबाट अब विद्युत् बिक्री गर्नु नपर्ने  हाइड्रोजन र एमोनिया बिक्री गरे मात्रै पुग्ने उनकाे तर्क थियाे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको