Like us!
Follow us!
Connect us!
Watch us!

४४ प्रतिशतले बढ्यो गुँरास लाईफको नाफा, अन्य अवस्था कस्तो ?

अर्थ संसार

बुधबार, ०१ भदौ २०७९, १० : ५७ मा प्रकाशित

४४ प्रतिशतले बढ्यो गुँरास लाईफको नाफा, अन्य अवस्था कस्तो ?

गुँरास लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको ०७८/०७९ को अन्तिम त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त विवरण अनुसार समिक्षा अवधीसम्म आइपुग्दा कम्पनीको खुद नाफा ४४.२६ प्रतिशतले बढेर १७ करोड ५१ लाख ८ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १२ करोड १३ लाख ७५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । 

असार मसान्तसम्म कम्पनीको बीमा शुल्क १६.१३ प्रतिशतले घटेर ३ अर्ब ५ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिसम्ममा कम्पनीको बीमा शुल्क ३ अर्ब ६३ करोड ६८ लाख ४१ हजार रुपैयाँ रहेको थियो ।

हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब ८ करोड ४२ लाख रुपैयाँ र जगेडा कोषमा ५८ करोड ७४ लाख २० हजार रूपैयाँ सञ्चित रहेको छ । कम्पनीको बीमा कोषको आकार १२ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ । 

त्यसैगरी, कम्पनीको प्रतिसेयर आम्दानी ८ रुपैयाँ ४० पैसा र कम्पनीको प्रतिसेयर नेटवर्थ १३१ रुपैयाँ ७८ पैसा रहेको छ ।

कम्पनीले प्रकाशन गरेको वित्तिय विवरणः

62fc7911460cb.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको