Like us!
Follow us!
Connect us!
Watch us!

ब्याजदर घटाउनेबारे अध्ययन गर्न गठित समितीले बुझायो प्रतिवेदन

अर्थ संसार

मंगलबार, २५ असोज २०७९, १६ : ०७ मा प्रकाशित

ब्याजदर घटाउनेबारे अध्ययन गर्न गठित समितीले बुझायो प्रतिवेदन

अर्थमन्त्री जनार्दन शर्माले ब्याजदर घटाउने विषयमा अध्ययन गर्न गठन गरेका सुझाव समितिले प्रतिवेदन बुझाएकाे छ ।  

अर्थ मन्त्रालयका सहसचिव बाबुराम सुवेदीको संयोजकत्वमा समिति गठन गरिएको समितिले हाल मुलुकमा देखिएको तरलता अभावलगायतका विषयमा छलफल, परामर्श तथा विश्लेषण गरी नीतिगत सुझावसहित ७ दिनभित्र प्रतिवेदन बुझाउन भनिएकाे थियाे । समितिले सोमबार अर्थमन्त्री समक्ष प्रतिवेदन बुझाएको हो। 

सुझाव समितिले ब्याजदरमा प्रत्यक्ष हस्तक्षेपभन्दा पनि तरलता उपलब्ध गराएर नियन्त्रण गर्नुपर्ने सुझाव दिएकाे छ । पुनर्कर्जालगायत सहुलियतपूर्ण ऋणमार्फत ब्याजदर नियन्त्रण गर्नुपर्ने समितिकाे ठहर छ । 

सुझाव समितिमा कोको थिए ?

१. बाबुराम सुवेदी (सहसचिव, अर्थ मन्त्रालय)  – संयोजक
२. प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय  – सदस्य (प्रतिनिधि)
३. उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय  – सदस्य (प्रतिनिधि)
४. राष्ट्रिय योजना आयोग  – सदस्य (प्रतिनिधि)
५. नेपाल राष्ट्र बैंक – सदस्य (प्रतिनिधि)
६.  नेपाल बैंकर्स संघ (२ जना)  – सदस्य (प्रतिनिधि)
७. निजी क्षेत्र (उद्योग वाणिज्य संघका ३ जना) – सदस्य (प्रतिनिधि)

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको