Like us!
Follow us!
Connect us!
Watch us!

एनएमबी क्यापिटलको २१ प्रतिशत लाभांश घोषणा, १०० प्रतिशत हकप्रद निष्काशन गर्ने

अर्थ संसार

बुधबार, २६ असोज २०७९, ०७ : २८ मा प्रकाशित

एनएमबी क्यापिटलको २१ प्रतिशत लाभांश घोषणा, १०० प्रतिशत हकप्रद निष्काशन गर्ने

एनएमबी क्यापिटल लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको असोज ७ गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार बार्हौ वार्षिक साधारण सभा कार्तिक १८ गते आरण्य बुटिक होटल हात्तिसार, काठमाडौँमा अपराहन्न ४ बजेदेखि सुरू हुनेछ ।

सभामा कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको २१.०५२ प्रतिशत लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । त्यस्तै सभाले हाल कायम चुक्ता पूँजीको १०० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव पारित गर्नेछ । 

यसैगरी, सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । त्यस्तै, कम्पनीको आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ । सभामा आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक पनि तोकिनेछ । 

कम्पनीले प्रकाशन गरेको सूचना यस प्रकारको छः

63461c4701889.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको