Like us!
Follow us!
Connect us!
Watch us!

महालक्ष्मी विकास बैंकले ल्यायो लकर सुविधामा आकर्षक योजना

अर्थ संसार

सोमबार, ३१ असोज २०७९, १९ : ०२ मा प्रकाशित

महालक्ष्मी विकास बैंकले ल्यायो लकर सुविधामा आकर्षक योजना

महालक्ष्मी विकास बैंकले बिशेष ९महा बचत० खाता खोल्ने ग्राहकहरुको लागि लकर सुविधामा आकर्षक छुटको योजना सार्वजनिक गरेको छ ।

यस योजना अन्तर्गत कार्तिक र मंसिर महिनामा महा बचत खाता खोल्ने ग्राहकहरुले लकर सेवाको बार्षिक शुल्क ९प्रथम वर्ष०मा शत प्रतिशत छुट प्रप्त गर्न सक्नेछन् ।बैकका दरबारमार्ग, पुतलिसडक, न्यूरोड ९काठमाडौं०, भैरहवा र न्यूरोड ९कास्कीं० शाखा कार्यालयहरुमा लकरको सुविधा रहेको छ ।

हाल उपलब्ध लकर संख्या सिमित रहेकाले ग्राहकको खाता खोलिएको क्रम र ग्राहकको आवश्यकता अनुसार लकर सेवा प्रदान गर्ने कुरा बैंकले जनाएको छ ।

यस योजना अन्तर्गत खोलिने महा बचत खातामा लकर सुविधामा आकर्षक छुटका साथसाथै बचत खाताहरु मध्येकै सबैभन्दा उच्चतम ९१० प्रतिशत० व्याजदर, निशुल्क एटिएम कार्ड तथा मोवाइल बैकिङ लगायतका अन्य सुविधाहरु रहेकाछन् ।

 

 
  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको