टिकटक लाइभमा उमेर हद ताेकेकाे छ । टिकटकले आफ्नो प्लाटफर्ममा लाइभस्ट्रिम गर्ने प्रयोगकर्ताको उमेर हद ताेकेकाे हाे ।
हाल टिकटकमा लाइभस्ट्रिम होस्ट गर्न १६ वर्षको हुनुपर्ने नियम छ । अब मंसिर ७ गतेदेखि भने लाइभ गर्न १८ वर्षको हुनुपर्ने टिकटकले जनाएकाे छ ।
यस्तै, लाइभ कार्यक्रमलाई ‘एडल्ट–ओल्नी’ अर्थात् १८ वर्षभन्दा माथिका प्रयोगकर्ताले मात्रै हेर्न मिल्ने बनाउन यसमा नयाँ फिचर पनि समावेश गरिने भएकाे छ । टिकटक समुदायमा बालबालिका र किशोरकिशोरीलाई सुरक्षित राख्न यस्तो परिवर्तन ल्याउन लागिएकाे बताइएकाे छ ।
त्यसैगरी, टिकटकले ‘मल्टि–गेस्ट’ फिचर पनि सार्वजनिक गर्ने जनाएको छ । यसमा लाइभ गर्नेले अन्य पाँचलाई मोडरेटरका रूपमा समावेश गर्न सक्नेछन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस