Like us!
Follow us!
Connect us!
Watch us!

त्रैमासिक विवरण प्रकाशनमा फर्स्ट बनेको आरएसडिसी लघुवित्तको कस्तो छ लाभांश इतिहास ?

अर्थ संसार

विहीबार, ०३ कार्तिक २०७९, १४ : ३८ मा प्रकाशित

त्रैमासिक विवरण प्रकाशनमा फर्स्ट बनेको आरएसडिसी लघुवित्तको कस्तो छ लाभांश इतिहास ?

यस आर्थिक वर्ष २०७८ /७९ को पहिलो त्रैमासको को अपरिष्कृत वित्तिय विवरण प्रकाशित सार्वजनिक गर्ने पहिलो कम्पनी बन्यो आरएसडिसी लघुवित्त वित्तिय संस्था लिमिटेड।  बुटबल कालिकानगरमा केन्द्रिय कार्यालय रहेको यस कम्पनीको अहिले कम्पनीको हाल चुक्ता पूँजी ८० करोड, ५१ लाख पुगेको छ।

लगानीकर्तालाई निरन्तर लाभांश वितरण गरिरहेने कम्पनी मध्य एक हो आरएसडिसी लघुवित्त वित्तिय संस्था हो। आर्थिक वर्ष २०७२/७३ देखि हालसम्म यस कम्पनीले निरन्तर लाभांश दिने कम्पनी हो आरएसडिसी लघुवित्त। 

यस्तो छ आरएसडिसी लघुवित्त वित्तिय संस्था लिमिटेडको  लाभांश इतिहास 

१.  आर्थिक वर्ष २०७२/७३ : आर्थिक वर्ष २०७२/७३ मा आरएसडिसी लघुवित्त वित्तिय संस्था लिमिटेडले आफ्ना सेयरधनीहरूलाई १५ प्रतिशत बोनस सेयर र ०.७९  नगद लाभांश गरेर १५.७९ प्रतिशत वितरण गरेकाे थियाे ।

२ . आर्थिक वर्ष २०७३/७४ : आर्थिक वर्ष २०७३/७४  मा आरएसडिसी लघुवित्त वित्तिय संस्था लिमिटेडले आफ्ना सेयरधनीहरूलाई १३ प्रतिशत बोनस सेयर र ०.६८  नगद लाभांश गरेर १३.६८ प्रतिशत वितरण गरेकाे थियाे ।

३ . आर्थिक वर्ष २०७४/७५ : आर्थिक वर्ष २०७४/७५ मा आरएसडिसी लघुवित्त वित्तिय संस्था लिमिटेडले आफ्ना सेयरधनीहरूलाई १० प्रतिशत बोनस सेयर र ०.५३  नगद लाभांश गरेर १०.५३ प्रतिशत वितरण गरेकाे थियाे ।

४ . आर्थिक वर्ष २०७५/७६ : आर्थिक वर्ष २०७५/७६  मा आरएसडिसी लघुवित्त वित्तिय संस्था लिमिटेडले आफ्ना सेयरधनीहरूलाई  ६ प्रतिशत बोनस सेयर र १० नगद लाभांश गरेर १६ प्रतिशत वितरण गरेकाे थियाे ।

५ . आर्थिक वर्ष २०७६/७७  : आर्थिक वर्ष २०७६/७७  मा आरएसडिसी लघुवित्त वित्तिय संस्था लिमिटेडले आफ्ना सेयरधनीहरूलाई ९  प्रतिशत बोनस सेयर र ३.६३ नगद लाभांश गरेर १२.६३ प्रतिशत वितरण गरेकाे थियाे ।

६ . आर्थिक वर्ष २०७७/७८  : आर्थिक वर्ष २०७७/७८  मा आरएसडिसी लघुवित्त वित्तिय संस्था लिमिटेडलेले आफ्ना सेयरधनीहरूलाई १० प्रतिशत बोनस सेयर र ०.५३ नगद लाभांश गरेर १०.५३ प्रतिशत वितरण गरेकाे थियाे ।

पहिलो त्रैमासको पहिलो विवरण : आरएसडिसी लघुवित्तको नाफामा १०१ प्रतिशतको उछाल, पिई रेसियो २५

कस्तो छ कम्पनीले निकालेको प्रथम त्रैमासको वित्तिय विवरण ?

आरएसडिसी लघुवित्त वित्तिय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तिय विवरण अनुसार गत आर्थिक बर्षको अन्तिमसम्ममा संस्थाको मुनाफामा बृद्धि भएको देखिन्छ । 

उक्त विवरण अनुसार  समिक्षा अवधिसम्म आइपुग्दा संस्थाले ३ करोड ८२ लाख ३१ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा गत वर्षको सोही अवधिको तुलनामा १०१ प्रतिशतले बढि हो । गत वर्षको यही अवधिमा संस्थाले १ करोड ८९ लाख २८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म संस्थाको सञ्चालन मुनाफा पनि ११२ प्रतिशतले बढेर ५ करोड ४६ लाख १६ हजार रुपैयाँ पुगेको छ ।  गत वर्षको यही अवधिमा संस्थाको सञ्चालन मुनाफा २ करोड ५६ लाख रूपैयाँ रहेको थियो । त्यसैगरी,  पहिलो त्रैमाससम्म आइपुग्दा संस्थाको खुद व्याज आम्दानी पनि ११९ प्रतिशतले बढेर ७ करोड ६५ लाख रपैयाँ पुगेको छ । 

त्यस्तै, संस्थाको चुक्ता पुँजी ८० करोड ५१ लाख रुपैयाँ र जगेडा कोषमा ९ करोड ७४ लाख रुपैयाँ रहेको छ । 

समिक्षा अवधिमा संस्थाको बार्षिकृत प्रतिसेयर आम्दानी (ईपीएस) १८ रुपैयाँ ९९ पैसा र प्रतिसेयर नेटवर्थ १२६ रुपैयाँ ९६ पैसा रहेको छ भने समिक्षा अवधिमा संस्थाको मूल्य आम्दानी रेसिया (पिई रेसियो) २५.५९ गुणा रहेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको