Like us!
Follow us!
Connect us!
Watch us!

गरिमा क्यापिटलले डाक्याे साधारण सभा, के-के छन् पारित हुने एजेन्डा ?

अर्थ संसार

शुक्रबार, ०४ कार्तिक २०७९, ११ : ५३ मा प्रकाशित

गरिमा क्यापिटलले डाक्याे साधारण सभा, के-के छन् पारित हुने एजेन्डा ?

गरिमा क्यापिटल लिमिटेडले वार्षिक साधारण सभा डाकेकाे छ । कम्पनीकाे असाेज ११ गते बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे साताैँ वार्षिक साधारण सभा कार्तिक २५ गते शुक्रबार, हाेटेल पबेरा हेरिटेज बुटिक, बूढानीलकण्ठ, काठमाडौंमा दिउँसाे ३ बजेबाट सुरु हुनेछ ।

सभामा आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ । त्यस्तै, आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ ।

त्यस्तै, कम्पनीले अधिकृत पूँजी वृद्धि गरी ३५ कराेड पुर्याउने विशेष प्रस्ताव पनि सभामा पारित गर्नेछ ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

635238406451d.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको