गभर्नर महाप्रसाद अधिकारी असोज २४ गतेदेखि असाेज ३० गतेसम्म संयुक्त राज्य अमेरिकाको वासिङ्गटन डि.सी.मा आयोजित IMF-World Bank को Annual Meetings 2022 मा सहभागी भई कात्तिक २ गते स्वदेश फर्किएका छन् । उक्त कार्यक्रममा १९० सदस्य राष्ट्रका केन्द्रीय बैंक तथा मौद्रिक अधिकारीहरूको सहभागिता रहेको थियो।
सो Plenary बैठकमा Board of Governors का Chairman Hassan Abdalla, World Bank Group at President, David Malpass र IMF का Managing Director, Kristalina Georgieva ले सम्बोधन गर्दै विश्व अर्थतन्त्रमा देखिएका जोखिमहरू र यसको निराकरणको लागि विश्वले अपनाउनु पर्ने नीतिगत उपायकाबारे प्रकाश पारेका थिए ।
गभर्नर अधिकारी 53rd Joint Governors' Meeting of IMF-WB South East Asia Constituency, IMF का Asia Pacific Department, Monetary and Capital Market Department (MCM) र अन्तर्राष्ट्रिय वित्त निगमका उच्च पदाधिकारीहरूसँगको बैठकमा सहभागी भएका थिए । उक्त अवसरमा आईएमएफका Deputy Managing Director Dr. Bo Li, Asia Pacific Department का पदाधिकारीहरू, Southeast Asia Voting Group (SEAVG) तथा MCM का पदाधिकारीहरूसँग ECF लगायत, नेपालको सम्बन्धमा भइरहेका कामहरू र भावी कार्यक्रमहरूको बारेमा छलफल भएको थियो । साथै, उहाँ सार्क मुलुकका गभर्नरहरूसँग सामूहिक Breakfast Meeting मा सहभागी भए ।
उक्त कार्यक्रमको अवसरमा बङ्गलादेश बैंकका गभर्नर अब्दुर रौफ तालुकदार, भारतीय रिजर्व बैंकका गभर्नर शक्तिकान्त दास, माल्दिभ्स मनिटरी अथिरिटिका गभर्नर अलि हसिम, स्टेट बैंक अफ पाकिस्तानका गभर्नर जमिल अहमद र सेन्ट्रल बैंक अफ श्रीलंकाका गभर्नर डा. पि. नन्दलाल विरासिंघेसँग द्विपक्षीय रूपमा क्षेत्रीय अर्थ व्यवस्थाका बारेमा छलफल भएको थियो । त्यसैगरी गभर्नर अधिकारीले भारतीय अर्थमन्त्री निर्मला सितारमणसँग पनि अनौपचारिक भेटवार्ता गरेका थिए ।
उक्त वार्षिक बैठकमा भाग लिन गभर्नरका साथमा आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठ सहभागी भएका थिए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस