Like us!
Follow us!
Connect us!
Watch us!

सर्वाधिक लाभांश क्षमता भएकाे आईसीएफसी फाइनान्सको कस्ताे छ लाभांश इतिहास ?

अर्थ संसार

शनिबार, ०५ कार्तिक २०७९, ०८ : ०० मा प्रकाशित

सर्वाधिक लाभांश क्षमता भएकाे आईसीएफसी फाइनान्सको कस्ताे छ लाभांश इतिहास ?

आईसीएफसी फाइनान्स कम्पनी लिमिटेड बजारमा प्राय जसाे हटकेक कम्पनी बनिरहेकाे हुन्छ । 

कम्पनी ऐन २०५३ र बैंक तथा वित्त अध्यादेश, २०६० अन्तर्गत सन् २००३ मा दर्ता भएको आईसीएफसी फाइनान्स कम्पनी लिमिटेडले जुलाई १५, २००४ देखि आफ्नो कार्य सञ्चालन सुरु गरेको थियो । कम्पनीकाे केन्द्रिय कार्यालय, भाटभटेनी, काठमाडौंमा रहेको छ। आईसीएफसी फाइनान्स कम्पनीलाई मुख्य रूपमा साना र मझौला उद्यमहरूको वित्तीय आवश्यकताहरू पूरा गर्न प्रवर्द्धन गरिएको  हो।

यतिबेला लाभांश सिजन चलिरहेकाे छ । लाभांशकै कुरा गर्नुपर्दा गत आर्थिक वर्षको चाैथाे त्रैमाससम्मकाे वित्तीय विवरण नियाल्दा सूचिकृत फाइनान्स कम्पनीहरूमध्ये सबैभन्दा धेरै लाभांश क्षमता आईसीएफसी फाइनान्स कम्पनी लिमिटेडकाे छ ।  कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई अधिकतम १०.५ प्रतिशतसम्म लाभांश दिनसक्ने देखिन्छ । गत आर्थिक वर्षमा कम्पनीको वितरणयोग्य मुनाफा ११ करोड ८४ लाख ८४ हजार रुपैयाँ रहेको छ । 

सबैभन्दा बढी लाभांश क्षमता भएकाे आईसीएफसी फाइनान्स कम्पनी लिमिटेड​काे लाभांश इतिहास यस प्रकारकाे छ :

१. आर्थिक वर्ष २०६७/६८ : आर्थिक वर्ष २०६७/६८ मा फाइनान्सले आफ्ना सेयरधनीहरूलाई ८ प्रतिशत बाेनस र ७ प्रतिशत नगद गरि कूल १५ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

२. आर्थिक वर्ष २०६८/६९ : आर्थिक वर्ष २०६८/६९ मा फाइनान्सले आफ्ना सेयरधनीहरूलाई ८.४२ प्रतिशत नगद लाभांश वितरण गरेकाे थियाे । याे वर्ष कम्पनीले बाेनस दिएकाे थिएन । 

३. आर्थिक वर्ष २०६९/७० : आर्थिक वर्ष २०६९/७० मा फाइनान्सले आफ्ना सेयरधनीहरूलाई ५ प्रतिशत बाेनस र १०.७९ प्रतिशत नगद गरि कूल १५.७९ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

४. आर्थिक वर्ष २०७०/७१ : आर्थिक वर्ष २०७०/७१ मा फाइनान्सले आफ्ना सेयरधनीहरूलाई १४ प्रतिशत बाेनस र ०.७४ प्रतिशत नगद गरि कूल १४.७४ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

५. आर्थिक वर्ष २०७१/७२ : आर्थिक वर्ष २०७१/७२ मा फाइनान्सले आफ्ना सेयरधनीहरूलाई १०.५ प्रतिशत बाेनस र ०.५५ प्रतिशत नगद गरि कूल ११.०५ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

६. आर्थिक वर्ष २०७२/७३ : आर्थिक वर्ष २०७२/७३ मा फाइनान्सले आफ्ना सेयरधनीहरूलाई १७ प्रतिशत बाेनस र ०.८९ प्रतिशत नगद गरि कूल १७.८९ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

७. आर्थिक वर्ष २०७३/७४ : आर्थिक वर्ष २०७३/७४ मा पनि फाइनान्सले आफ्ना सेयरधनीहरूलाई १० प्रतिशत बाेनस र ११.०५ प्रतिशत नगद गरि कूल २१.०५ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

८. आर्थिक वर्ष २०७४/७५ : आर्थिक वर्ष २०७४/७५ मा फाइनान्सले आफ्ना सेयरधनीहरूलाई ८ प्रतिशत नगद लाभांश वितरण गरेकाे थियाे । याे वर्ष कम्पनीले बाेनस दिएकाे थिएन । 

९. आर्थिक वर्ष २०७५/७६ : आर्थिक वर्ष २०७५/७६ मा फाइनान्सले आफ्ना सेयरधनीहरूलाई ५ प्रतिशत बाेनस र ८ प्रतिशत नगद गरि कूल १३ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

१०. आर्थिक वर्ष २०७६/७७ : आर्थिक वर्ष २०७६/७७ मा फाइनान्सले आफ्ना सेयरधनीहरूलाई १०.५ प्रतिशत बाेनस र ४.५ प्रतिशत नगद गरि कूल १५ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

११. आर्थिक वर्ष २०७७/७८ : आर्थिक वर्ष २०७७/७८ मा फाइनान्सले आफ्ना सेयरधनीहरूलाई १० प्रतिशत बाेनस र ४ प्रतिशत नगद गरि कूल १४ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको