Like us!
Follow us!
Connect us!
Watch us!

सूर्योदय वोमी लघुवित्तको संस्थापक सेयर बिक्रीमा

अर्थ संसार

आइतबार, ०६ कार्तिक २०७९, १० : १६ मा प्रकाशित

सूर्योदय वोमी लघुवित्तको संस्थापक सेयर बिक्रीमा

सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले केही संस्थापक सेयरहरू बिक्री गर्ने भएकाे छ । संस्थाका केही संस्थापक सेयरधनीहरूले आफ्नाे नाममा रहेकाे कुल ४७ हजार १ सय ६२ कित्ता संस्थापक सेयर बिक्री गर्न निवेदन दिएका हुनाले संस्थाले उक्त सेयरहरू बिक्री गर्न लागेकाे हाे ।

संस्थाले एक सूचना प्रकाशन गर्दै नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम सर्वप्रथम संस्थाका संस्थापक शेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले संस्थापक सेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुलाई सूचना प्रकाशन भएकाे मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरेर संस्थाकाे केन्द्रिय कार्यालय, बनेपा –१३, साँगा, काभ्रेपलाञ्चोकमा आइपुग्ने गरी निवेदन दिन आग्रह गरेको छ। 

त्यसैगरी, तोकिएको समय अवधिभित्र विद्यमान संस्थापकहरुको आवेदन नआएमा प्रचलित कानून बमोजिम सेयर बिक्री प्रक्रिया अगाडि बढाउने पनि संस्थाले जनाएकाे छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको