Like us!
Follow us!
Connect us!
Watch us!

२०६० देखि अहिले सम्म :४० % सम्म बोनस सेयर दिएको अरुण भ्याली हाइड्रोपावरको इतिहास

अर्थ संसार

शनिबार, १२ कार्तिक २०७९, १९ : ३१ मा प्रकाशित

२०६० देखि अहिले सम्म :४० % सम्म बोनस सेयर दिएको अरुण भ्याली हाइड्रोपावरको इतिहास

निजी क्षेत्रमा पहिलो पटक हाइड्रोपावर बनाउने कम्पनी हो अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड। संखुवासभाको चर्चित खोला पिलुवा खोलामा तीन मेगावाट क्षमताको विद्युत उत्पादन प्रोजेक्ट निकाल्ने कम्पनी हो अरुण भ्याली। २०६० सालमा निर्माण गरिएको यस प्रोजेक्टले हालसम्म पनि बिजुली उत्पादन गर्दै आएको छ।

तेस्तै अरुण भ्याली तेतिकै रोकिएन र भ्यालीले ९.९४ मेगावाटको काबेली बी-१  को क्यासकेड आयोजना सम्पन्न गरि संचालन गरिसकेको छ। तेस्तै अरुण भ्यालीले माथिल्लो काबेली-२ जलविद्युत आयोजनाको ग्रिड कनेक्सन सकिए तापनि पीपीए भने हुने बाँकी छ। थप पीपीएको प्रतीक्षामा बुधुम खोला आयोजना पनि रहेको छ। 

तेस्तै अरुण भ्यालीले विभिन्न कम्पनीहरुमा लगानी पनि रहेको छ। बिजुली उत्पादन र लगानी गरेका कम्पनीबाट प्राप्त लाभांस फिर्ता र क्यापिटल गेन नै अरु भ्यालीका मुनाफा आर्जनका आधार देखिन्छ। कम्पनीले आर्थिक वर्ष २०६०/६१ देखि नै लगानीकर्तालाई लाभांस दिदै आएको छ। कम्पनीले सबैभन्दा धेरै लाभांस आर्थिक वर्ष २०६५/६६ मा दिएको देखिन्छ। उक्त वर्ष कम्पनीले आफ्ना सेयर होल्डरहरुलाई ४० प्रतिशत बोनस सेयर दिएको थियो भने आर्थिक वर्ष २०६४/६५ र २०७४/७५ मा भने केहि नदिएर निरास बनाएको थियो। 

यस्तो छ अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्टको  लाभांश इतिहास :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको